News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

रामेछापको साँघुटार बजारमा भीषण आगलागी, चार घर जलेर नष्ट

रामेछाप : रामेछापको रामेछाप नगरपालिका- ३ साँघुटार बजारमा भीषण आगलागी भएको छ।आगलागीबाट साँघुटार बजारको चार घर पूर्ण क्षति भएको पूर्वसांसद देवशंकर पौडेलले जानकारी दिए। उनका अनुसार बिहान सात बजेतिर लिखु खोला छेउको पक्‍की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्‍की […]

बेपत्ता बालिकाको शव गाडेको अवस्थामा फेला

बैतडी : बैतडीमा असार १८ गतेदेखि हराइरहेकी ८ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ। बैतडीको दोगडाकेदार २ ढिकगाड घर भई दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा बुबासँगै बस्दै आएकी उनको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय […]

शिक्षिकालाई क ब्जामा लिएर शिक्षकले नै गरे ब ला त्कार

काठमाडौं । शिक्षिकामाथि ब लात्कार गरेको आरोपमा एक शिक्षकमाथि अनुसन्धान थालिएको छ । कपनको ग्राम शिक्षा माविका शिक्षक गोकर्ण प्रसाद बञ्जाडेमाथि ब लात्कार गरेको आरोप अनुसन्धान थालिएको हो । उनले बालाजुमा बस्दै ३१ वर्षीया महिलामाथि गत फागुन १४ गते तार्केश्वर नगरपालिका १७ नागपोखरीमा बला*त्कार गरेका […]

मोबाइल चोरी गर्ने गिरोह पक्राउ

धादिङ : धादिङवेशी बजार आसपासमा मोबाइल चोरी गर्दै हिंड्ने गिरोहमध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुको साथबाट चोरी गरिएका विभिन्न कम्पनीका १२ थान मोबाइल पनि बरामद गरेको छ। नीलकण्ठ नगरपालिका-३ का चोक नारायण श्रेष्ठले गएको असार ९ गते आफ्नो मोबाइल हराएपछि जिल्ला प्रहरी कार्यालय धादिङवेशीमा […]

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

जनकपुरधाम : नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बनाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हंसपुर नगरपालिका-९ बालगंगा चोकबाट सोमबार साँझ प्रहरीले सोही नगरपालिका बस्ने ३४ वर्षीय अलिअकवर मंसुर औरही गाउँपालिका-६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका दुबै जनाले काठमाडौंमा नक्कली सवारी चालक अनुमतिपत्र बनाई […]

गाउँ डुबानमा परेपछि स्थानीयले भत्का इदिए भारतीय सिँचाइ नहर

रानिनगर,नवलपरासी — लगातारको वर्षापछि आएको बाढीका कारण गाउँ डुबानमा परेपछि स्थानीयले गण्डक नहरको डिल भत्का इदिएका छन् । गाउँ नै डुब्ने अवस्थामा पुगेपछि उनीहरुले बुधबार बिहानै नहर भत्काइदिएका हुन् । स्थानीय रामु न्यौपानेका अनुसार बुधबार बिहानै कोदालो, गैंची लिएर उनीहरु नहरको डिल पुगेका थिए । […]

मलेसियामाथि नेपालको जित, शीर्षको दाबेदारी कायमै

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले मलेसियामाथि जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँन सफल भएको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा […]

निर्माता छवि र नायिका शिल्पाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं : निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ। बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका अधिकृत टीकासिंह खत्रीले जानकारी […]

पाल्पाकाे रिडी आर्यघाटमा दाहसंस्कार गर्नै लाग्दा महिला ब्युँतिएपछि…

तानसेन : पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो। रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि ‘मलामी’ समेत दंग भए। ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अर्घ्यजलका लागि पुर्याएका थिए। अर्घ्यजल घाटमा […]

पौडी खेल्न गएका एउटै परिवारका तीन बालबालिका बेपत्ता

धनकुटा : पौडी खेल्न गएका एउटै परिवारका तीन बालवालिका तमोर नदीमा वेपत्ता भएका छन् । धनकुटा नगरपालिका–८ याक्चनाका शंखबहादुर राईका ९ वर्षीय छोरा सञ्जीव राई, ७ वर्षीय छोरी सलिना राई र ७ वर्षीया छोरी सञ्जिला राई तमोर नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।आइतबार […]