Home Blog Page 2

काठमाडौँमा जथाभावी बाटो काटे अब १००० जरिवाना,हर्ज बजाएमा दुई हजार

0

सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई जरिवाना गर्ने प्रस्ताव गरेको छ । नेपाल समाचारपत्रका अनुसार मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा ३ हजार, निषेधित क्षेत्रमा हर्ज बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई १ हजार जरिवाना लिने व्यवस्था गरेको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाएमा पाँच हजार जरिवाना गर्ने प्रावधान पनि राखिएको छ । ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार जरिवाना गर्न प्रस्ताव गरिएको छ ।

समाचारपत्रका अनुसार विधेयक लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रूपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ ।

धादिङ ट्रक दुर्घटना : घाइते १५ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

0

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार ६ जनाको मृत्यु भएको हो। केहीको घटनास्थलमै मृत्यु भएको र केहीको उपचारको क्रममा जिल्ला अस्पताल धादिङ मृत्यु भएको अस्पतालका अध्यक्ष अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा ४५ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ।

प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण आइचर दुर्घटना भएको हो। दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। दुर्घटनाका गम्भीर घाइते १५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले बताए। अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइराखेको छ।