Home Blog Page 17

देवघाटमा प्रहरीको भ्यान दुर्घटना

0

तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् ।

मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए ।

घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

भर्रखरै काठमाैँमा बम विस्फोट

0

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ ।

तर मानवीय क्षति नरहेको महानगरीय प्रहरी परिरस, काठमाडौंले जनाउको छ ।

विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ ।

प्रहरीले विस्फोट भएको तर बम वा अरु केही भन्ने अनुसन्धान भइरहेको बताएको छ ।

विस्फोटको जिम्मा विप्लव समूहले लियो

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा भएको बम विस्फोटको प्रतिबन्धित विप्लव समूहले जिम्मेवारी लिएको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।