यसरी दुई छोरासहित दम्पतीले त्रिशुली नदीमा हामफाले

0
45

६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका छन्।

धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट उनीहरुले त्रिशुली नदीमा हाम फालेका हुन् ।

काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाको छ ।

धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीका अनुसार विनयको सकुशल उद्धार भएको छ। श्रीमती मृत फेला परेकी छिन् भने दुई सन्तान बेपत्ता छन्। उद्धार गरिएका विनयको उपचार भइरहेको छ। बेपत्ताको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए।

बिहीबार साँझ साढे ६ बजे घटना भएको प्रहरीले जनाएको छ।

नदीमा परिवारसहित हाम फाल्नुको कारण खुल्न नसकेको रेग्मीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here