इमो मार्फत १० लाख ठग्ने मोरङ काे सात जना पक्राउ,यसरी ठग्छन

0
191

सामाजिक सञ्जाल इमोमार्फत चिट्ठा परेको भन्दै १० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

१० लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा मोरङ सुन्दरहरैचाका आइएमइ सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आइएमइमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै विराटनगर– १ का सजिलो मनि ट्रान्सफर सञ्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, रङ्गेली नगरपालिका ६ का २८ वर्षीय भवेश कुमार मण्डल, सुनवर्षी नगरपालिका ८ का २२ वर्षका अब्दुल सलाम, भारत विहारका २५ का शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहम्मद ईसुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

इमोमार्फत चिठ्ठामा २५ लाख भारतीय रुपैयाँ परेको भन्दै उनीहरूले ठग्दै आएको प्रहरीले बताएको छ ।

भारु २५ लाखको चिठ्ठा परेको र उक्त पैसा पाउनको लागि कर बापत रकम तिर्नु पर्छ भनी पटक-पटक गरी १० लाख भन्दा बढी रकम ठगेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

आफू ठगिएको भन्दै कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ कि धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् । धामीको उजुरी परेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको बस्नेतले बताए ।

नेपाली मोटरसाइकल युरोपमा पनि गुडोस् !
असीम पाण्डे करिव २ वर्ष अघि (डिसेम्बर २०१७) मा नेपालमै विद्युतीय मोटरसाइकल बनाउने योजना बोकेर सरकारी कार्यालय धाउँदा धेरै सरकारी अधिकारीले ओठ लेप्र्याए । ‘यस्तो गर्न त गाह्रो छ त भाइ’ भने ।

तर त्यसको दुई वर्षमै उनी नेपालमै डिजाइन गरिएको पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक गर्न सफल भएका छन् । असीमले ब्रान्डको नाम दिएका छन्, यात्री ।

असीमको कम्पनी–यात्री डिजाइन्स स्टुडियोले बनाएको ‘यात्री’को पहिलो मोडल ‘पी–जेरो’ गत बिहीबार सार्वजनिक भयो । यो विदेशमा डिजाइन भएर यहाँ एसेम्बल गरिएको मोटरसाइकल होइन । असिम र उनको टिमको पहिलो परिकल्पनाको साकार रुप हो, प्रोजेक्ट–जेरो (‘पी जेरो’) । देशका प्रतिष्ठित व्यवसायीहरुले यो मोटरसाइकल किन्न प्रि–बुकिङ लिएसँगै यो टिम उत्साहित छ ।

साकार भएको एउटा सपना

युवाहरु सुनौलो भविश्यको खोजीमा विदेश भासिने दौड चलिरहेका बेला यूरोपमा रहेका असिमले २०१७ मा निर्णय लिए, ‘अब नेपाल फर्किन्छु र देशमै केही गर्छु ।’

उनले यो निर्णय सुनाउँदा परिवारका सदस्यहरुमा चिन्ता नलागेको होइन ।, तर असिमले नेपालमै ‘असिम सम्भावना’ देखिसकेका थिए । उनलाई विश्वास थियो, ‘एउटा राम्रो टिम भयो भने नेपालमै आफूले देखेको उद्देश्य पुरा गर्न सकिन्छ ।’

असिमको बाल्यकालदेखिकै सपना थियो, दामी गाडी र मोटरबाइक डिजाइन गर्ने ।

कक्षा ६–७ पढ्दादेखि नै टेलिभिजनको पर्दामा गाडी अरु डिजाइन, उत्पादन, परीक्षण गरिएको दृष्य देख्दा उनी पनि सोच्थे, म पनि एक दिन यस्तै काम गर्छु । उनले आफ्नो ‘काँचो सपना’ लाई तन्नेरी उमेरमै ‘उद्देश्य’ मा परिणत गरे । पढाइका लागि युरोप पुगे । एरोस्पेस स्ट्रक्चरमा इन्जिनियिरिङ गरे । मास्टर्स गर्दै गर्दा यूरोपको चर्चित कार निर्माता कम्पनी ‘डोंकरभूर्ट’ मा काम गर्न पाए ।

हो, त्यहीँ उनले एउटा गाडी कसरी निर्माण भएर सडकसम्म पुग्छ भन्ने उत्पादनचक्र देखे, बुझे ।

कम्पनीको डिजाइन स्टुडियोमा बस्दा बेलाबेला आफैंलाई प्रश्न गर्थे, यस्तो काम हामी नेपालमै किन गर्न सक्दैनौं ? अन्ततः यही चिन्तनले उनलाई नेपाल फर्किने निर्णयसम्म पुर्‍यायो ।

नेपाल फर्किनुअघि उनले २ वर्ष विद्युतीय सवारी निर्माता कम्पनीमा पनि काम गर्न भ्याइसकेका थिए । त्यतिबेला उनलाई लागेको थियो कि अब भविश्य विद्युतीय सवारीमै छ । किनकी युरोपमा पेट्रोल तथा डिजेल गाडीलाई विस्तारै विद्युतीयले प्रतिस्थापन गर्दैछ । विश्वब्यापी रुपमा ठूला कम्पनीहरुले पनि आफ्नो अनुसन्धान, स्रोत–साधन र जनशक्ति यसमा केन्द्रित गरेका छन् ।

सन् २०३० सम्म विश्वब्यापी हुने देखिएको विद्युतीय सवारीमा नेपालचाहिँ अछुतो रहन पक्कै नसक्ला । यही निश्कर्षले असीमले नेपाल फर्किए र विद्युतीय मोटरसाइल बनाउने ‘प्रोजेक्ट’ मा होमिए ।

यसरी जन्मियो ‘प्रोजेक्ट-जेरो’

दुई थान लगेज र एक थान सपना बोकेर सन् २०१७ को नोभेम्बरमा नेपाल फर्किए असिम । डिसेम्बरसम्ममा थुपैै सरकारी अड्डा धाए, आफ्नो ‘प्रोजेक्ट जिरो’ को योजना सुनाए । तर धेरैले ‘यस्तो गर्न त गाह्रो छ भाइ’ भन्दै ओठ लेब्राए । तर उनले कम्पनी दर्ता गरिछाडे ।

विराटनगरदेखि नेपालगञ्जसम्मका शहरहरुमा विद्युतीय सवारीबारे अन्तर्क्रिया गर्दा उनले बुझे कि धेरैलाई विद्युतीय सवारीबाट राम्रो पर्फर्मेन्स पाइन्छ भन्ने विश्वास छैन । त्यसको कारण थियो नेपालमा राम्रो रेन्ज दिनसक्ने विद्युतीय सवारी उपलब्ध नहुनु । अनि निश्कर्ष निकाले, ‘एकपटक चार्ज भएपछि कम्तिमा १५० मिलोमिटर गुड्ने विद्युतीय बाइक बजारलाई आवश्यक छ ।’
त्यसपछि विराटनगरदेखि नेपालगञ्जसम्मका शहरहरुमा पुगे, शहरी क्षेत्रमा सवारीको मुख्य समस्या के हो भनेर अनुसन्धान गरे । किनकी उनलाई थाहा थियो, । अनुसन्धानविना अघि बढाइएको प्रोजेक्ट असफल हुने जोखिम धेरै हुन्छ ।

यात्राका क्रममा विद्युतीय सवारीबारे अन्तर्क्रिया गर्दा धेरैले उनलाई सुनाए, ‘विद्युतीय सवारीको ‘रेन्ज’ (एकपटक चार्ज गरेपछि तय गर्न सकिने यात्राको दूरी) नै राम्रो छैन ।’

यसबाट उनले बुझे धेरैलाई विद्युतीय सवारीबाट राम्रो पर्फर्मेन्स पाइन्छ भन्ने विश्वास छैन । त्यसको कारण थियो नेपालमा राम्रो रेन्ज दिनसक्ने विद्युतीय सवारी उपलब्ध नहुनु । अनि असिमले निश्कर्ष निकाले, ‘एकपटक चार्ज भएपछि कम्तिमा १५० मिलोमिटर गुड्ने विद्युतीय बाइक बजारलाई आवश्यक छ ।’

उनी स्टुडियोमा घोत्लिन थाले । अर्का साथी पनि प्रोजेक्टमा जोडिए, जसले एडम्स डिजाइन स्टुडियोमा काम गरेका थिए । उनीहरु दुबै जना मिलेर फेब्रुअरीसम्म ‘बाइक’ को स्केच तयार गरे, जसको न्वारन गरियो– ‘प्रोजेक्ट जेरो ।’

विद्युतीय मोटरसाइकलको आधारभूत फ्रेमवर्क तयार भयो । अनि सुरु भयो, ‘प्रोटोटाइप’ (नमूना बाइक) बनाउने काम । त्यसका लागि टिम तयार थियो, जसमा मेकानिकल इन्जिनियर (इन्डस्ट्रियल) कनिष्क सुवाल, इम्बेडेड सिस्टम इन्जिनियर सुलभलाल श्रेष्ठ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर कृष्णप्रसाद श्रेष्ठ, मेकानिकल इन्जिनियर (टेस्टिङ) अशेष श्रेष्ठ, सफ्टवेयर डेभलपर (एप) सार्थक शर्मा पौडेल र बिजेनस डेभलपमेन्ट म्यानेजर बत्सल पाण्डे थिए ।

यो परियोजनालाई साकार रुप दिन व्यवसायी तथा पूर्वमन्त्री विक्रम पाण्डे र उनको परिवारको साथ/सहयोग महत्वपूर्ण रहेको असीम बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here