माघे सङ्क्रान्ति मा तीन दिन बिदा

0
2484

माघे सङ्क्रान्तिको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको गाउँ सभाको बैठकले माघी पर्वको अवसरमा माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । माघे सङ्क्रान्तिको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ ।

थारु समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । नयाँवर्षको रूपमा थारु समुदायले माघी पर्व माउने गर्दछन् ।

सोमबार नै एक सूचना जारी गर्दै प्रदेश सरकारले पनि माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी गराइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here