राजधानी नजिकै ज्वालामुखी बिस्फोट,फेरि अर्को पनि खतरनाक बिस्फोट हुने संकेत

0
1403

फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानी मनिलाको ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको हो ।

फेरि अर्को पनि खतरनाक बिस्फोट हुने संकेत देखिएको विशेषज्ञले जनाएका छन् । खतरा थप बढ्ने देखिएपछि उक्त स्थान वरिपरिका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।
सिएनएन फिलिपिन्सका अनुसार अधिकारीले तीनवटा शहर खाली गर्न निर्देशन दिएका छन् ।

मनिला अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले आगमन र प्रस्थान दुबै सेवा बन्द गरेको छ ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी र सिस्मोलोजीले ज्वालामुखीका लाभा क्रेटरभन्दा १० देखि १४ किलोमिटर माथि निस्किएका छन् ।

एजेन्सीले केही घण्टा वा दिनभित्र खतरनाक बिस्फोट हुने अनुमान पनि गरेको छ । साथै सो क्षेत्रमा हल्का भूकम्प पनि मापन गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here