भाडावालबाटै घरबेटी महिला बला*त्कृत

काभ्रे । जिल्लाको पाँचखाल पाँचखाल नगरपालिका–४ शिखरपुरमा डेरा गरी बस्ने एक युवकले घरबेटी महिलालाई बला*त्कार गरेका छन् । ३१ वर्षीय सुनबहादुर लामाले घरधनी महिलालाई गत २३ जेठको राति १ बजे बला*त्कार गरेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरिसकेको छ ।अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक २६ असारमा बला*त्कार गरेको प्रहरीले जनाएको छ । ‘मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती गर्यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ’ ३३ वर्षीया पीडित महिलाले भनिन् । लामा सो घरमा २०७२ सालदेखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए । प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट

दूधको मूल्य बढ्ने, सरकारले बनायो कार्यदल २९ साउन, काठमाडौं । सरकारले दूधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ । कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले त्यसबारे अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको हो । बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई दूधको नयाँ मूल्य सिफारिस गर्ने विषयमा विभिन्न नौ कार्यदेश दिइएको छ । गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता ९ विषयको अध्ययन तथा विश्लेषणबाट बढाउनुपर्ने मूल्य निर्धारण गर्नुपर्ने कृषि मन्त्रालयले जनाएको छ । यसका अलवा दूधको गुणस्तर, आन्तरिक तथा बाह्य बजारसँग प्रतिस्पर्धा, मुद्रास्फीति दर र विगत २ वर्षको बजार मूल्यबृद्धि, विगतका ५ वर्षमा दूधको मूल्यको ट्रेन्ड र दूधको मूल्य समायोजनमा उपभोक्तामा असर विश्लेषणबारे पनि कार्यदलले अध्ययन विश्लेषण गर्नुपर्ने कार्यदेश छ । कार्यदलमा नेपाल डेरी एसोसिएसन, डेरी उद्योग एसोसिएसन, मन्त्रालयका प्रतिनिधि, दुग्ध विकास सहकारीका प्रतिनिधि, दुग्ध विकास कम्पनीका प्रतिनिधि सहभागी छन् । कार्यदलको समय सीमा नतोकिए पनि भदौ एक गतेदेखि नै लागू हुने गरी प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म दूधको मूल्य बढ्न सक्ने मन्त्रालय स्रोत बताउँछ ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।