लामखुट्टेले लियाे ४० को ज्यान …

बंगलादेशमा डेंगुको प्रकोप देखिएको छ । सन् २०१९ को जनवरीदेखि हालसम्म ४० ले ज्यान गुमाएका छन् भने हजारौं यसबाट संक्रिमत बनेका छन् ।स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरले डेंगुका कारण ४० ले ज्यान गुमाइसकेको र हजारौं त्यसबाट संक्रिमत भएको बताएका छन् । यद्यपि, बंगलादेशी सञ्चारमाध्यमहरुले सरकारको तथ्यांकभन्दा धेरै बढी मानिसले ज्यान गुमाएको दाबी गरेका छन् । गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकले डेंगुको संक्रमणबाट ज्यान गुमाएको उनीहरूको भनाइ छ । रोग फैलिन सक्ने चिन्ता गत जनवरीदेखि नै सुरु भएको डेंगुको संक्रमण निर्मूल हुनुको सट्टा बढ्दै गएपछि सरोकारवालाहरू चिन्तित देखिएका छन् । बंगलादेशमा हप्ता दिन लामो इद–अल–आधा मनाउन लाखौं नागरिकहरू शहरबाट गाउँ भित्रिएका छन् । यसरी गाउँ पसेकाहरुले रोग सार्ने र यसको संक्रमण थप भयावह बन्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । स्वस्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बिदा रद्ध गरी संकटलाई साम्य पार्न सबै स्वास्थ्यकर्मीहरुलाई अपिल गरेका छन् । उपचारमा कठिनाइ: पछिल्लो समय डेंगु संक्रमित पनि उत्तिकै बढिरहेका छन् । गत जनवरीदेखि ४४ हजार बिरामी डेंगुको आशंकामा अस्पताल भर्ना भइसकेका छन् । सोमबार मात्रै विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताएका छन् । डेंगुको संक्रमणमा परेका हजारौं बिरामी उपचारका लागि अस्पताल पुगेपछि सेवाप्रवाहमा समेत कठिनाइ भएको छ । अस्पतालका शैय्या संक्रमितले भरिएपछि भुइँमा बसेर बिरामीले उपचार गरिरहेका छन् । लामखुट्टेको टोकाइबाट हुने भाइरल संक्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डे‌गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकहरूमा मनसुनी वर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखापर्ने गरेको छ । तर यो वर्ष एशियाली केही मुलुकहरूमा डेंगु जटिल समस्याका रूपमा देखा परेको छ ।नेपालकै धरानलगायतका क्षेत्रमा पछिल्ला केही महिनादेखि डेंगुको प्रकोप बढे पनि निणन्त्रणमा आउन सकेको छैन । बरु अन्य क्षेत्रमा पनि फैलँदै गइरहेको छ ।

सरकारलाई यस्ताे सूचना दिनुहोस्, १० लाखसम्म लिनुहोस् !:सरकारलाई सूचना (सुराकी) दिए १० लाख सम्म पुरस्कार पाइने कुरा तपाईंलाई थाहा छ ? हो, सरकारलाई सूचना दिएकै भरमा तपाईंले १० लाख रुपैयाँसम्म पाउन सक्नुहुन्छ । कुनैपनि वस्तु चोरी पैठारी भएको छ भने सोको सूचना सरकारलाई दिनुहोस् र १० लाखसम्म पाउनुहोस् । यस्ता खालका सूचनामा सरकारले १० लाखसम्म पुरस्कारको व्यवस्था गरेको छ । यद्यपि, सो रकम सुराकीको प्रकृतिको आधारमा निर्धारण गरिएको छ । सबै खालको सुराकीमा १० लाख पाइँदैन । भन्सार विभागले सुराकीलाई पुरस्कार दिँदै आएको छ । तर, अब त यस्तो पुरस्कारको राशीसमेत बढेर आएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत पुरस्कारको राशीसमेत बढाइएको छ । भन्सार नियमावली २०६४ मा यस्तो व्यवस्था गरिएको हो ।भ न्सार नियमावलीलाई संशोधन गरेर पुरस्कारको राशी बढाइएको हो । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरे भनसार नियमावलीको संशोधनले सुराकी दिनेको पुरस्कारको रकम बढाइएको बताउँछन् । सुराकीको प्रकृति अुनसार सुराकी दिएबाट पक्राउ भएको माल वस्तु लिलाम विक्री गरिसकेपछि विक्री पश्चात प्राप्त भएको रकमको निश्चित प्रतिशत सुराकीले पाउँछ । भन्सार नियमावली २०६४ को १ मा पुरस्कारसम्बन्धी व्यवस्था गरेको छ । कसैले कुनै वस्तु चोरी पैठारी गर्न लागेको सुराकी दिन्छ भने उसले वस्तु लिलाम बिक्रिबाट आएको १५ प्रतिशतसम्म रकम पाउँछ । अहिले यो रकम ५ प्रतिशत बढाइएको छ । यस अघि १० प्रतिशत मात्र दिने व्यवस्था थियो । यस्तै चोरी निकासी वा पैठारी गर्न लागेको मालवस्तुसहित मानिस पक्रेर पेश गर्नेले दिने पुरस्कार १० प्रतिशले बढेर ३० प्रतिशत पुर्याइएको छ । यसअघि २० प्रतिशत पुरस्कार दिइन्थ्यो । चोरी निकासी वा चोरी पैठारी गर्न लागेको मालवस्तु मात्र पक्रेर पेश गरेमा १० प्रतिशतसम्म पुरस्कार दिइन्थ्यो भने अब २० प्रतिशत पुर्याइएको छ ।

यो भन्सार नियमावली २०६४ को १० औ संशोधनले व्यवस्था गरेको हो । २०७६ असार २३ गते यो नियमावली राजपत्रमा प्रकाशित भएको थियो । तर, बहुमूल्य धातु ( सुन, चाँदी, जवाहरत) मुद्दामा सुराकी दिने वा मालवस्तु सहित मानिस पक्राउ गरेर पेश गर्नेलाई वस्तु लिलाम विक्रीबाट प्राप्त भएको १० प्रतिशत वा १० लाख रुपैयाँ मध्ये जुन घटी हुन्छ सोही रकम पुरस्कार दिइनेछ । यो बुँदामा भने परिवर्तन भएको छैन । भन्सार विभागका प्रवक्ता घिमिरे हालसम्म कतिले सुराकी दिएर यस्तो पुरस्कार पाए भन्ने यकिन तथ्यांक भनसार विभागसँग नहरको बताए । उनका अनुसार सम्बन्धित भन्सार कार्यालयमा सुराकी जाने र उनीहरुले नै सो पक्राउ परेको मालवस्तुबाट सुराकीको पुरस्कार भर्पाइ गर्ने भएकाले कसैसँग यसको तथ्याङ्क छैन । यसरी दिने सुराकी :
नियमावलीको नियम ४८ मा सुराकी प्रतिवेदन वा सूचना सम्बन्धी व्यवस्था छ । मालवस्तु पक्राउ गर्नु अगावै सुराकी सम्बन्धी प्रतिवेदन वा सूचना पठाउनु पर्नेछ । पक्राउ परेपछि प्राप्त भएको सूचनालाई मान्यता दिइने छैन । सुराकी सम्बन्धी प्रतिवेदन सम्बन्धित भन्सार कार्यालयको प्रमुख वा महानिर्देशकलाई दिनुपर्नेछ । यसरी महानिर्देशकलाई प्राप्त भएको सूचना तत्काल महानिर्देशकले सम्बन्धित भनसार कार्यालयको प्रमुखलाई मौखिक वा लिखित जानकारी गराउनु पर्नेछ । दुई वा दुइ भन्दा बढी ठाउँबाट सूचना आएको छ भने पहिलोले मान्यता पाउनेछ । सुराकी दिँदा खुलाउनुपर्ने विवरण हवाइजहाजबाट हुने चोरी निकासी तथा चोरी पैठारीको सुराकी दिँदा हवाइजहाजको उडान नम्बर चोरी निकासी गर्ने व्यक्तिको सम्भव भएसम्म नाम वा राहदानी नम्बर, हुलिाय चोरी लगेको मालवस्तुको नाम र लुकाइ छिपाइ ल्याउने वा लैजाने तरिकासमेत खुलाउनु पर्नेछ । यदि स्थलमार्गबाट चोरी निकासी भएको छ भने सो वस्तुको नाम, चोरी पैठारी हुन लागेको स्थान, सवारी साधनको किसिम, नम्बर, लुकाइ छिपाई ल्याउने लैजाने तरिका र सम्भव भए सो व्यक्तिको नाम र हुलिया खुलाउनु पर्नेछ ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।