यस्ताे गर्दै थाइल्याण्डमा बेनिशा हमाल

नायिका बेनिशा हमाल पछिल्लो समयमा चलचित्र भन्दा घुमघाममा बढी व्यस्त छिन् । उनले केही चलचित्रमा काम गर्ने चर्चा भएपनि ती चलचित्रको छायांकन सुरु नहुँदा उनलाई समस्या परेको छ । यो बर्ष मात्र आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘उत्कृष्ट नायिका’को पुरस्कार जितेपछि बेनिशाको चर्चा भयो । तर, बेनिशाले यो चर्चालाई आफ्ना लागि प्रयोग गर्न सक्छिन् या सक्दिनन् भन्ने पनि विश्लेषण भैरहेको छ । उनै, बेनिशा थाइल्याण्डमा रमाएका तस्वीरले उनको सामाजिक संजाल गर्माएको छ । अहिले नेपाली चलचित्रका कलाकार होलिडे टुरका लागि विदेश पुग्ने गरेका छन् । बेनिशा पनि थाइल्याण्डमा रमाएकी छिन् । थाइल्याण्डमा रमाउँदा उनले कहिले कालो विकिनीमा अनुहार छोप्दै गरेको तस्वीर सार्वजनिक गरिन् त कहिले स्विमिङ पूलमा रमाउँदै गरेको तस्वीर सार्वजनिक गरिन् । चलचित्रमा खासै व्यस्त नभएपनि उनी घुमघाममा रमाएको तस्वीर सार्वजनिक गरेर आफ्ना शुभचिन्तकसँग जोडिएकी छिन् ।

“श्रीमतीलाई नर्सिङ पढाउन ११ वर्ष मलेसियामा घोटिए, नर्स बनेपछि पोइल गइन्” बैदेशिक रोजगारीलाई धेरैले परिवारका सदस्यको भविष्य उज्यालो बनाउने माध्यमका रुपमा लिएका छन् । बैदेशिक रोजगारीले परिवारको भविष्य बनाएको मात्रै छैन बिगारेको पनि छ ।पछिल्लो समय बैदेशिक रोजगारका कारण श्रीमानहरु परस्त्रीसँग र श्रीमतिहरु पर पुरुष सग सम्पर्क बढ्नु, कुटपिट गर्नु, मानिसहरुमा स्वतन्त्र हुने चाहना बढ्नु लगायतका कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको अदालतले बताएको छ ।यसरी सम्वन्ध विच्छेद भएका घटनाहरु हेर्दा प्राय श्रीमान् विदेश गएका श्रीमतीहरुको संख्या अधिक रहेको पाइएको छ । भर्खरको विवाह पश्चातको विछोड, श्रीमान् अर्कैसंग लागेको हल्ला वा सुनेकै आधारमा समेत श्रीमतीहरु परपुरुषसँग लाग्ने वा श्रीमान्सँग सम्वन्ध विच्छेद गर्नेसम्मको घटना बढ्दै आएको देखिएको छ ।यसै क्रममा एक जना राजन गिरी नाम गरेका युवकले पनि आफ्नो पिडा सामाजिक संजाल मार्फत पोखेका छन् ।आफु अशिक्षित् भए पनि श्रीमतीलाई राम्रो पढाउने र राम्रो भविष्यको सपना बोकेर विदेश गएका राजनलाइ पनि श्रीमतीले धोका दिएर हिडेकी छन् । राजनले सामाजिक संजाल मार्फत आफ्नो श्रीमती सुन सहित अन्तै गएको कुरा खुलासा गरेका हुन् ।उनले श्रीमतीलाई नर्सिङ पढाउन ११ वर्ष मलेसियामा घोटिए तर उनको सपना पुरा भए पछि मलाई छोडेर गईन भनेर सामाजिक संजालमा स्टाटस लेखेका छन् ।
मेरो नाम राजन गिरी हो । मेरो घर भूल्के-५ भोजपुर, हाल विराटनगर-४ मा डेरा गरी बस्दै आएको छु । म गरिब परिवारको भएका कारण आफ्नो जिविका चलाउनका लागि मलेसियामा गएर काम गर्न थालेको पनि ११ वर्ष भयो ।गरिब भएपनि या जतिसुकै गाह्रो भएपनि घरमा एकजना शिक्षित हुनुपर्छ भन्ने लागेर मैले मेरो श्रीमतीलाई पढाउने निर्णय गरे र प्लस टु पढाए । प्लस टु पढाएर पनि केही नहुने देखेपछि मैले उनलाई स्टाफ नर्स पढाए । दिनरात मेहेनत गरेर विदेशी भूमीमा पसिना बगाएर कमाएको पैसाले विराटनगरमा कोठा भाडामा लिएर राखेर उनलाई स्टाफ नर्ससम्म पढाए र उनी नोबेल हस्पिटलमा काम गर्न थालिन् ।तर, उनले मलाई धोका दिइन् र मैले पसिना बगाएर कमाएको सम्पत्ति लिएर पोइल गइन् । उनले ४ तोला सुन लिएर भागेकी छिन् ।म सबै नेपाली साथीभाई हरूलाई भन्न चाहन्छु की श्रीमतीको सबै कुरामा विश्वास गर्न नहुने रहेछ । मैले किन यस्तो भन्दैछु भने म एक पात्र हुँ जसले यसको ज्वलन्त उदाहरण भोगेको छ ।मैले बगाएको पसिनाको कमाईमा पढेर काम गर्न थालेकी उनले घर सानो भयो, मलाई जागिरमा जान गाह्रो भयो मोटरसाईकल चाहियो भन्दै मलाई विदेशिन बाध्य बनाइन् । यसक्रममा उनले आफूसँग जोडी नमिल्ने, लवाई खुवाई मिल्दैन भन्दै सम्पत्ति कम भएको भन्ने निहुँमा झगडा गर्ने र मलाई फेरी विदेश जान बाध्य बनाएपछि म मलेसिया आएको ११ महिनापछि पोइला गइन् ।

यता म भने श्रीमतीको पढाई खर्च कसरी पुर्याउने भन्दै कति दिन भोकै बसे, भोकै काम गरे । तर, मेरो उक्त मेहेनत खेर गयो । अहिले अनेक बहाना बनाएर पोइला गइन् । उनको नाम सुमित्रा गिरी हो, नागरिकतामा यही छ नाम । म अहिले मलेसियामा छु । उक्त घटनाबारे मेरो बहिनी हिरा गिरीले विराटनगर चौकीमा निवेदन दिएकी छिन् ।दाईले विदेशबाट पैसा पठाएर भाउजुलाई पढाउनु भयो : हिरा गिरी भाउजु र म सँगै डेरा गरेर बस्थ्यौ । दाइले बेदशबाट पैसा पठाएर भाउजुलाई पढाउनु हुन्थ्यो । दाईको बिहे सुमित्रासँग एसएलसी दिएपछि भएको थियो । सुमित्रालाई दाइले नै प्लस टु र स्टार्फ नर्स पढाउनु भएको थियो । नोवेल मेडिकल कलेजमा काम गरेको दुई बर्ष हुन लागेको थियो ।भाउजु विएसी गर्न भन्दै काठमाण्डौ जानु भयो गत वर्ष मंसिरमा । काठमाडौ गएको केही दिनपछि वहाले फो गरेर आफूले बिहे गरेको बताउनु भयो । त्यसपछि कुनै सम्पर्क भएको छैन् । पढ्न दाइले नै पठाउनु भएको थियो । तर, सम्पर्कमा नआएपछि मैले पुसमा जिल्ला प्रहरी कार्यालयमा मोरङमा मान्छे हराएको भन्दै उजुरी गरे । यस विषयमा प्रहरीले कुनै जानकारी दिएन ।प्रहरी के भन्छ ? यता जिल्ला प्रहरी कार्यालय मोरङले गत बर्ष सुमित्रा गिरी हराएको भन्दै खोजी गरिदिन निवेदन परेको जानकारी दिएको छ । सुमित्राको खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । (राजन गिरी हाल रोजगारीका लागि)

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।