कृष्णको जन्मदिन पारेर कृष्णको हात राखिने यस्तो छ कृष्ण ओलीको नयाँ हात हेर्नुहोस् भिडियो

२०१९ को जनवरी १ अघि प्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो कृष्ण ओली । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीलाई २०७५ को जेठ २५ मा दाङमा करेन्ट लाग्यो । जेठ देखि पौषसम्म कृष्ण ओलीसँग रुने रुपा र कृष्णकी आमा मात्रै थिइन । तर जनवरी १ मा पश्चिम रुकुम अर्माका ऋषिराम खड्काले सिधान्युज डट कममा कृष्णको समाचार लेखेपछि कृष्णसंग सिंगै देश रोयो सहयोगीहरुको ओइरो लाग्यो र उनले नयाँ जीवन पाए । उनको त्यो समाचार म्यासिभली भाई रल भयो । कलाकार तथा युट्युबर शिशिर भण्डारीलाई कृष्णको भिडियोको लागि पनि सिधान्युजका ऋषिले नै पटक पटक अनुरोध गरेका थिए । डिसेम्बर २३ मा भिडियो खिचिएपनि शिशिरले भिडियो युट्युबमा अपलोड गरेनन, अन्तत: जनवरी १ को सिधान्युजको समाचार भाईरल भएपछि जनवरी ६ मा उक्त भिडियो अपलोड गरियो र झनै भाइरल भयो त्यसपछी नेपालका अधिकांश मिडिया, सेलिब्रेटी समाजसेवी सबैको ध्यान केन्द्रित भयो कृष्ण र रुपामा ।

कृष्ण रुपाको जीवनमा बिगत केहि महिना सोचेभन्दा फरक बन्यो देश विदेशबाट लाखौँ करोडौँ सहयोग आयो । अमेरिका स्थित भुटानी इन्द्रप्रसाद ओलीको पहलमा ८२ लाख बढी सहयोग उठ्यो । अहिले नेपालमै खुट्टा राखेका कृष्ण आफ्नी श्रीमती रुपा मगर सँग मुम्बईमा छिन । र यहि अगस्त १४ गते कृष्णको जन्मदिन पारेर कृष्णको हात राख्ने योजना बनाएका छन् । कृष्णले अहिले आर्टीफिसियल हातको ट्रेनिंग गरिरहेका छन ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।