भारतलाइ खतराको घन्टी : पाकिस्तानले युद्दविमान तैनाथ गर्यो , इमरानले दिए यस्तो निर्देशन

जम्मु–कश्मीरसम्बन्धी संविधानको धारा ३७० खारेज गरिएपछि रिसाएको पाकिस्तानले लद्दाखनजिक यु*द्ध विमान तैनाथ गरेको छ ।पाकिस्तानमा रहेको गिलगिट बाल्टिस्टानमा रहेको स्कर्दू विमानस्थलमा पाकिस्तानले जेएफ–१७ यु*द्ध विमान तैनाथ गरेको हो । भारतीय सुरक्षा संयन्त्रले यसमा कडा निगरानी गरिरहेको बुझुएको छ ।सूत्रहरूका अनुसार, कश्मीरमा तनावको स्थिति भएकाले लद्दाख नजिक अग्रिम चौकीहरूमा भारी मात्रामा हरियार र सैन्य सामग्री पाकिस्तानले तैनाथ गरेको छ । शनिवार मात्रै पाकिस्तानी वायुसेनाका तीनवटा सी–१३० हरक्युलिस परिवहन विमानले सैन्य सामग्री स्कर्दू हवाई अड्डामा पुर्‍याइएको छ । त्यहाँ पुर्‍याइएको सैन्य सामग्रीको उपयोग यु*द्धका बेलामा लडाकू विमानको सहायताका लागि गरिन्छ । भूउपग्रहीय तस्वीर हेर्दा पाकिस्तानले कराची, ओरमारा र ग्वादर बन्दरगाहको जलसेना अड्डा खाली गराएको देखिन्छ । विशेषज्ञहरूले यसबाट गडबडीको संकेत पाइने बताएका छन् । कराचीको जलसैनिक डोकमा तीनवटा मात्र जहाज छन् जबकि धारा ३७० हटाइनुअघिका भूउपग्रहीय तस्वीरमा ठूलो संख्यामा जहाज थिए ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।