दु:खद खबर बाढी तथा पहिरोले कम्तीमा १०० जनाको मृ*त्यु

मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण भारतमा तीन दिनको अवधिमा कम्तीमा १०० जनाको मृ*त्यु भएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । बाढीले भारतको दक्षिणी राज्य केरला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बिहीबारदेखि शनिबारसम्ममा मात्रै ४८ व्यक्तिले ज्यान गुमाएका छन् ।केरलाको छिमेकी कर्नाटक राज्य पनि वर्षा र बाढीको चपेटामा परेको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार, यहाँका करिब २४ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन् भने नौ जना हराइरहेका छन् । भारतको पश्चिमी राज्य महाराष्ट्र र गुजरात पनि वार्षिक मनसुनी आँधीका कारण नराम्रोसँग प्रभावित बनेका छन् । कर्नाटकमा विभिन्न ६०० राहत केन्द्रमा करिब एक लाख ६१ हजार मानिस विस्थापित भएर आश्रय लिइरहेका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रमा पनि २७ जनाले वर्षा, बाढी र डुवानका कारण ज्यान गुमाएका छन् । यस्तै गुजरातका अहमेदावाद र नादिआवादमा पनि वर्षाजन्य घटनाका कारण आठ जनाको मृ*त्यु भएको छ । सबैभन्दा बढी प्रभावित केरला राज्यमा करिब एक लाख २० हजार व्यक्ति बिस्थापित भएका छन् । उनीहरुले अहिले आपतकालीन राहत केन्द्रमा आश्रय लिइरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार केरलाका करिब ८० स्थानमा वर्षापछि बाढी र पहिरो गए पनि प्रहरी पुग्न सकेको छैन । केरलामा शनिबारपछि पनि वर्षा जारी रहने र यहाँको जनजीवन थप प्रभावित हुने अनुमान गरिएको छ । ग्रामीण वस्तीहरूमा सैनिकका विभिन्न समूहहरूलाई उद्धार इकाइ बनाई उद्धारमा लाग्न र विस्थापित नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्न आवश्यक हेलिकोप्टरहरूको पनि परिचालन गर्न सरकारले निर्देशन दिएको छ । बाढी र पहिरोका कारण धेरै नागरिक प्रभावित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त क्षेत्रमा राहत तथा उद्धारको कमी हुन नदिन सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।केरला बाढी पहिरोको जोखिममा रहेको क्षेत्र हो । यहाँ गत वर्ष बाढी आउँदा कम्तीमा ५ सयको ज्यान गएको थियो ।

झट्ट हेर्दा यो शीर्षक असान्दर्भिक, अतिरञ्जित र अर्थहीन देखिन्छ । तर, बास्तविकता अलिक भिन्न छ । नेपाली गजलले सवा सय वर्ष लामो अग्निपरीक्षा दिइसकेपछिको अवस्थामा पनि प्राज्ञिक र पूर्ण साहित्यिक अनुमोदन हासिल गर्न नसक्नुमा खासगरी दुई थान अतिवादहरूले बन्धनको काम गरेका छन् र आजको गजल तिनबाट मुक्ति चाहन्छ । सर्जकदेखि समीक्षकसम्म गहिरो जरो गाडेका ती दुई अतिवादहरू हुन् :१-गजललाई आयातीत विधाका रूपमा राखिरहेर यसलाई स्थानीयकरणबाट रोक्ने अभ्यास । २- गजललाई स्वतन्त्र र स्वायत्त विधाका रूपमा पुष्टि गर्ने र यसलाई संस्थापक आधार कविताबाट अलग्याउने कसरत ।साहित्यि क इतिहासको अध्ययन गर्ने विश्वविद्यालयीय विद्यार्थी र शोधार्थीबाहेक अन्य सर्जक, पाठक र समालोचकलाई लेखन-पूर्व नै गजल आयातीत या ‘विदेशी’ विधा हो भन्ने ‘रेडिमेड ज्ञान’ हुनु नै गजल नेपाली साहित्यको मूलप्रवाहमा पूर्ण-समायोजन भइनसकेको प्रमाण हो । निबन्ध, उपन्यास, जीवनी, कविताजस्ता साहित्यका प्राय: सबै विधा नेपाली भाषामा आयातीत विधा नै हुन् । अझ तीमध्ये पनि निबन्ध र उपन्यासजस्ता विधाहरू त गजलभन्दा नयाँ विधासमेत हुन् । तर, नेपाली भाषा-साहित्यमा प्रकृतीकरण र समायोजन भइसकेकाले तिनको स्रोत नेपाली भाषामै खोज्ने अभ्यासको थालनी भइसकेको छ । फलत: आज ती मौलिक नेपाली विधाका रूपमा स्थापित भएका छन् । नेपाली भाषामा कविता लेख्ने कविलाई कविताको प्रारम्भिक भ्रूण ऋग्वेदका उषस् सूक्तहरूमा रोपिएको थियो भन्ने हेक्का हुँदैन न होमर, भर्जिल, वाल्मीकि, कालिदास, फिरदौसी, मिल्टन, भानुभक्त हुँदै यो नेपालीमा भित्रिएको ‘ज्ञान’ उसले राखिराख्नुपर्छ । यो कविको विषय नरहेर महाविद्यालयीय अध्येताको शोध-क्षेत्र बनिसकेको छ । यसको कारण कविताका सबै आयाम र उपकरणको स्थानीयकरण नै हो । नेपाली कविताको सैद्धान्तिक निर्णय आज हाम्रो हातमा छ । तर, विडम्बना नै मान्नुपर्छ, गजलले नेपालीमा त्यो आत्मीय स्थान हासिल गर्न सकेको छैन र गजललाई ‘आयातीत’ विधाकै रूपमा बचाइरहने हाम्रो अतिवादी कसरत नै यो विडम्वनाको प्रमुख कारक हो । फारसीमा जन्मिएको, अरबी-उर्दूमा मौलिएको अनि हिन्दी-नेपालीमा भित्रिएको ज्ञानसँगै रोदकी, अमिर खुसरो, गालिबजस्ता केही विदेशी नाम कण्ठस्थ भएन भने एउटा नेपाली गजलकारले ‘मान्यता’ नपाउने मान्यतामा मलजल हामी आफै गरिरहेका छौं । कविता, लय, अनुप्रास, भावविधान र पङ्क्तियोजनाजस्ता आधारभूत तत्त्वहरू जान्दैमा गजलकार भइँदैन भन्ने हाम्रो धारणा छ ।

मिसरा, उला, सानी, मुरद्दफ, मुसलसल, बहरजस्ता शास्त्रीय पदावलीमात्र होइन, सिङ्गो अरबी साहित्यका प्राविधिक पदावली ‘जान्नै पर्ने’ तत्त्वका रूपमा चर्को वकालत गरिँदै छ । एउटा आधुनिक र असल समीक्षक यो झमेलामा परिरहन चाहँदैन र ऊ गजलको समीक्षाबाट आफूलाई अलग्याउँछ । प्राज्ञिक क्षेत्रमा गजल अझै पनि अछूतजस्तै छ । घरमा बुहारी केही समयका लागि ‘आगन्तुक’ हुन सक्छिन् तर जति छिटो उनी मौलिक सदस्य बन्छिन् त्यति घर बलियो हुन्छ । एकथरी विद्वान्हरू बुहारीलाई यति माया गर्छन् कि सासू-ससुरादेखि उनका दिदी-बहिनी आनि साथी-सङ्गातीसम्म सबैलाई घर भित्र्याउने चाह राख्छन् । उनलाई माइतीकै ‘मेनु’ बाट खुवाउनुपर्ने र उतैको जीवनशैलीमा हुर्काउनुपर्ने वकालत गर्छन् । यता हामी हिन्दी गजल सुन्छौं, उर्दू गजल पढ्छौं र नेपाली गजल लेख्छौं अनि नयाँ लेख्नेलाई बुज्रुक सल्लाह दिन्छौं, ‘वास्तवमा गजलकार बन्नुछ भने उर्दू गजल पढ्नुस्’ ! मानौं हामीसित अझैसम्म भाव र अभिव्यक्ति-कौशलको ठूलो खडेरी छ । सय वर्षसम्म जुन विधामा भाव र कलापूर्ण रचना रचिएन भने भविष्यमा त्यसबाट के आशा गर्ने ?गजलप्रतिको सबैखाले अतिवादबाट मुक्ति नै गजलमुक्ति हो । नेपाली गजलको सर्वाङ्गीण विकासका लागि गजलमुक्ति आवश्यक छ ‘स्यान्डविच’ भन्ने परिकार नेपाली भान्सामा भित्रियो भने यसको स्वाद लिन र यसलाई तयार पार्न ‘मायोनेज’ या ‘बटर’ को इतिहास र प्रयोगको परम्परा जानिराख्नु पर्दैन । पाउरोटी, गोलभेंडा, नौनी, काँक्रोजस्ता सामग्रीले पनि उत्कृष्ट स्यान्डबिच तयार हुनसक्छ । आफ्नो स्वादअनुसार हामी यसमा नुनदेखि खुर्सानीसम्म हाल्न सक्छौं तर स्यान्डबिच युरोपबाट जन्मिएकोले युरोपियन ‘इन्ग्रेडियन्ट्स’मात्रै प्रयोग गर्न पाइने र नुन हालेको स्यान्डबिचलाई ‘न्यान्डविच’ या अन्य कुनै नाम दिनुपर्ने तर्क गर्न हामी अघि सरिहाल्छौं । अनि अर्को अतिवादचाहिँ स्यान्डवीच आफैमा विदेशी नाम भएकाले यसलाई नै फेरेर ‘भर्ता रोटी’ राखौं भन्ने खालको हुने गरेको छ । स्यान्डवीचको अस्तित्व बचाउने ठेक्कासमेत आफ्नो रहेको दाबी गर्दै केहीले यसको ‘रेसिपी’मा थोरैमात्र हेरफेर गरिए पनि यसको अस्तित्व नै खतरामा पर्ने तर्क गरेको भेट्नु नौलो हुने छैन । तिनलाई परिकार र स्वादसँग होइन ‘नाम’सँग मोह हुन्छ । हामीले पनि थोरै आकार फरक भेटिए ‘फजल, गाजल, गीतिका’जस्ता नाम सुझाउने गरेका छौं । जति धेरै उर्दू-फारसी शब्द या पदावली रट्न सक्यो त्यति ठूलो गजलकार भइने रोगले नेपाली गजललाई सिकिस्त बनाउँदै लैजाँदा यसले बिस्तारै नेपाली साहित्यमा समायोजन हुने गुण र शक्ति गुमाउँदै गएको छ । सीमित व्यक्तिहरूले आफ्नो पाण्डित्यको संरक्षण गरिरहन र गजलमा स्वतन्त्र समीक्षाको प्रवेश हुन नदिन यस्तो हतकन्डा अपनाउँदै आएका छन् । नेपाली गजलले सिर्जनात्मक रूपमा स्थापित गरिसकेका वैशिष्ट्यहरूलाई समेत अमान्य घोषित गर्दै सदियौं पछाडि फर्केर आजको गजलको स्वरूप निर्धारण गर्न चाहने अभ्यासबाट मुक्ति नै पहिलो ‘गजलमुक्ति’ हो !

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।