अमिरचन्द्र र निर्मलाकाे त्याे चुम्बनः जसले लियाे ज्यान

सोलुखुम्बु– चुम्बन गरेको गोप्य फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि सोलुखुम्बुका एक जोडीले आत्मह*त्या गरेका छन्। अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेमसम्बन्ध सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौंको कपनमा दुबै जनाले आत्मह*त्या गरेका हुन्। सोताङ गाउँपालिकाका–४ नाम्लुङका २१ वर्षे अमिरचन्द्र नाछिरिङ अविवाहित हुन् भने माप्य दुधकोशी गाउँपालिका वाकुका निर्मला खालिङ विवाहित हुन्। श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा निर्मलाले अमिरसंग गोप्य सम्बन्ध राखेको र त्यो सम्बन्ध बाहिरिएपछि संगै झु*ण्डिएर आत्मह*त्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। निर्मला छोरी पढाउन केहि महिनादेखि काठमाडौं बस्दै आएकी थिईन् भने अमिर भने एक महिना अगाडि काठमाडौंमा फुपूसँग बस्दै आएको आफन्तले बताएका छन्। आइतबार साँझ ७ बजेर ३१ मिनेटको समयमा सामाजिक सञ्जाल फेसबुकमा सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता रहेको फेसबुक आइडीबाट चुम्बन गरेको दृष्य अपलोड भएको थियो। फोटो बाहिरिएकै कारण उनीहरुले आत्मह*त्या गरेका मृ*तकले आफन्तहरुले बताए। तर, भीम राई सोलु नेपालले भने फोटो अर्कै फेसबुक प्रयोगकर्ताबाट प्राप्त भएको टिप्पणी बक्समा प्रतिक्रिया दिएका छन्। उनी पनि विदेशमै छन्। घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान थालेको छ।

लमजुङ–मनाङ सडक सम्पर्क विच्छेद : सामान ओसार्न तुइन बेंसीसहर : असार ८ गते आएको बाढीले लमजुङ र मनाङ सडक सम्पर्क विच्छेद भएको छ। बाढीले सिमानाको म्यार्दीखोलास्थित बेलिब्रिज बगाएपछि आउजाउ बन्द भएको हो। सरड अवरुद्ध भएपछि मनाङ हिँडेका र मनाङबाट बेंसीसहर झरेका जीप तथा मालबहाक वारीपारि भएको छ। बेलिब्रिज बगाएको १० दिनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक योजना मन्त्री रामशरण बस्नेतसहित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु दलबलसहित निरीक्षणका लागि पुगे। मुख्यमन्त्री गुरुङले तत्काल अर्को पुल बनाउन निर्देशन दिए। भौतिक योजना विकास मन्त्री लम्सालले २० दिनमा बेलिब्रिज हाल्ने प्रतिवद्धता जनाए। तर, महिनादिन बित्दा पनि बेलिब्रिज निर्माणको सुरसार नहुँदा स्थानीय समस्यामा परेका छन्। खोलामा पुल निर्माणको कुनै पनि प्राविधिक काम सुरु भएको छैन। पुल नहुँदा लमजुङ–मनाङको सडक सम्पर्क टुटेको छ। मनाङको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार खोला बढेर ठूलो भएको छ। मान्छे वारपार गर्न बनाएको फड्के पनि बाढीले बगाएको छ। घरेलु तथा साना उद्योग विकास समिति मनाङका उद्योग अधिकृत प्रदीप न्यौपानेले बाढीले म्यार्दीखोलाको पुल बगाउँदा विभिन्न उद्योग साथै निर्माणका लागि सामग्री ल्याउन समस्या भएको बताए। डिभिजन सडक कार्यालय दमौलीका अनुसार बेलिब्रिज जडान कार्य यसअघि पुल निर्माण गरेको ग्याल्बा–द क्याराभान जेभीले गर्नेछ । गतवर्ष साउनमा भ्याटबाहेक २ करोड ५ लाख १७ हजार ८ सय ६९ रुपैयाँमा बेलिब्रिज निर्माण गरिएको थियो । पुरानै ठेक्का नसकिएकाले उसले नै पुल बनाउने र बिमा दाबी गर्ने कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर सचिन श्रेष्ठका अनुसार बेलिब्रिज हेटौंडामा बनेर हिँडे पनि बेसीसहर–चामे सडकको ठाउँठाउँमा गएको पहिरोका कारण म्यार्दीखोलासम्म पुर्‍याउन समस्या भएको छ। समाग्री पुगेपछि पनि जोड्न एक महिना लाग्ने भएकाले भदौ अन्तिमसम्म निर्माण सम्पन्न हुने उनले बताए। तुइनमा सामान खोलाबाट सवारी साधन वारपार गर्न नसकेपछि सामान ओसार्न तुइन बनाइएको छ । लमजुङको मस्र्याङदी गाउँपालिका–४ च्याम्चेका युवाले तुइन बनाएका हुन्। एक जीप सामान तार्न २ हजार रुपैयाँ लिने गरिएको छ । भाडा महंगो हुँदा मनाङमा खाद्यान्नमा मुल्यवृद्धि भएको छ।

म्यार्दी भीरमा पुनः पहिरो मनाङको नासोङ–१, म्यार्दीमा ठूलो पहिरो गएपछि यातायातको साथै पदैल यात्रासमेत अवरुद्ध भएको छ। ताल नजिकैको म्यार्दी भिरमा गएको पहिरोले पैदल मार्ग पनि अवरुद्ध भएको हो। पहिरोले पैदल हिँड्ने बाटो समेत नभएपछि यात्रुहरुले लमजुङको च्याम्चेदेखि मनाङको तालसम्मको पुरानो पदमार्ग प्रयोग गर्न थालेका छन्। लमजुङबाट मनाङतर्फ गएका गाडी च्याम्चेसम्म पुग्ने र यात्रुहरु च्याम्चेबाट मनाङको तालसम्म हिँड्न बाध्य भएको प्रहरीले जनाएको छ। यातायात अवरुद्धका कारण यात्रु, पर्यटकहरुले सास्ती पाउनुका साथै सामान ढुवानी रोकिँदा मनाङका व्यवसायीहरु थप समस्यामा परेका छन्। मनाङ सडकमा बाढी र पहिरोले पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply