संसदमा उभिएर राजेन्द्र महतोले सरकारलाई सोधे, मेरो नागरिकता खारेज भएको हो ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोको नाम मिल्ने ब्यक्तिको नागरिकता खारेज भएको समाचारका कारण महतोले हिँजो देखि तनाव भोग्नु परेको छ । उनले समाचार माध्यममा आफ्नो तस्बिर राखेर आफनामानहानी हुनेगरी समाचार आएको भन्दै असन्तुष्टि ब्यक्ति गरेका छन् । सरकारबाट आफ्नो मानहानी भएको आरोप लगाउँदै उनले प्रश्न गरेका छन् । सरकारले केही व्यक्तिको नागरिकता खारेज गरेको निर्णय सार्वजनिक भएको विषयमा सांसद महतोले आफ्नो मानहानी भएको आरोप लगाएका हुन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आइतबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै ८ जनाको नागरिकता खारेज गर्ने निर्णय भएको जानकारी गराएका थिए । सरकारले नागरिकता खारेज गरेका व्यक्तिमध्ये ‘राजेन्द्र महतो’ भन्ने नाम गरेका व्यक्ति पनि थिए । जसको नाम उनीसंग मिल्छ । सामाजिक सञ्जालमा राजपा नेता महतोको नागरिकता खारेज भएको भन्ने हल्ला पनि चलेको थियो । सोही विषयलाई लिएर राजपा नेता महतोले सोमबारको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै भ्रमको खेती नगर्न पनि चेतावनी दिएका छन् । सञ्चारमाध्यमबाट आफ्नो नै नागरिकता खारेज भएजसरी समाचार सम्प्रेषण भएको उल्लेख गर्दै नेता महतोले सञ्चार माध्यमबाट पनि गैर जिम्मेवार काम भएको आरोप लगाए । नेता महतोले सरकारले आफूसँग माफी माग्नुपर्ने माग पनि अगाडि सारे ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply