सैन्य अधिकृत नै यति धेरै हट भएपछि भन्न थालियो बन्दूककी रानी: हेर्नुहाेस ४ भाइरल तस्बिरहरु

एजेन्सी । सैन्य अधिकृतमा कार्यरत एक महिला अति नै हट भएपछि उनलाई बन्दूककी रानी उपनाम दिइएको छ । उनी इजरायल सेनाकी सैन्य अधिकृत हुन् । उनै महिला सैनिक अहिले सामाजिक सन्जालमा निकै चर्चामा छिन् । ओरिन जुली नाम गरेकी उनले ३ वर्षसम्म इजरायलको डिफेन्स डिपार्टमेन्टमा लडाकू सैनिकको रुपमा काम गरेकी थिइन् ।यसै साता देशको हातहति’यारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी निकै चर्चामा आएकी हुन् । उनको यहि टिप्पणीले चर्चामा आएकी उनले अहिले भने सैन्य सेवा छाडेकी छिन् । उनका तस्बिरहरु हेर्दा उनी एक मोडल वा अभिनेत्री जस्तो देखिन्छ ।तर उनी सुन्दर सँगै खतरनाक पनि हुन सक्छिन् । अहिले उनी एक हति’यार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गर्दैछिन् ।पछिल्लो समय कम्पनीको लागि उनले गरेको फोटोशूट निकै चर्चामा आएको छ ।हेर्नुहोस् उनका हट तस्बिरहरु

भारतले एलओसी पार गरेर निहत्था नागरिकमाथि आक्रमण गर्‍यो: इमरान पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले कस्मिरमा दुई देशबीचको लाइन अफ कन्ट्रोल (एलओसी) मिचेर निहत्था नागरिकमाथि आक्रमण गरेको बताएका छन्। आइतबार दिउँसो ट्विट गर्दै प्रधानमन्त्री खानले सन् १९८३मा भएको निश्चित परम्परागत हतियारसम्बन्धी सम्झौतामा आफूले गरेका प्रतिवद्धता र अन्तर्राष्ट्रिय मानवीय कानुनको समेत उल्लंघन गरेको आरोप लगाएका छन्। उनले भारतको यो आक्रमणलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतराका रूपमा लिनु पर्ने बताएका छन्। ट्रम्पले अहिले कस्मिरका बासिन्दाको लामो पीडाको अन्त्य गर्ने बेला आएको उल्लेख गर्दै उनीहरूले आफ्नो अधिकारको प्रयोग गर्न पाउनु पर्ने बताएका छन्। ‘दक्षिण एसियाको शान्ति र सुरक्षाको बाटो कस्मिर विवादको शान्तिपूर्ण र न्यायीक समाधानले मात्र अघि बढ्छ,’ इमरानले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले कस्मिर मुद्दामा मध्यस्थता गर्न तयार भएको बताउनु भएको छ। त्यस्तो मध्यस्थता गर्ने बेला यही हो।’ उनले भारतीय पक्षको रवैयाले क्षेत्रीय शान्ति व्यवस्थामा नै खलल पुग्ने बताएका छन्। भारत प्रशासित कस्मिरमा केही दिनयता सन्त्रास फैलिएका बेला इमरानको यस्तो भनाइ आएको हो। भारत सरकारले कस्मिर पुगेका पर्यटक र अमरनाथ जान लागेका तीर्थयात्रीलाई सूचना (एडभाइजरी) जारी गर्दै जतिसक्दो चाँडो कस्मिर छोड्न भनेको छ। शुक्रबार सरकारले एडभाइजरी जारी गरेपछि शनिबार झन्डै १० हजार पर्यटक र तीर्थयात्रीले कस्मिर छोडेका छन्। सरकारी सूचनापछि विमानस्थल र बसपार्कमा कस्मिर छोड्न चाहनेको भीड लागेको छ। जहाजको टिकट महंगो भएको छ। जहाजको टिकट नपाउनेहरूलाई प्रशासनले विशेष बसको व्यवस्था गरेको छ। पर्यटकमात्र होइन विद्यार्थी र क्रिकेटरलाई पनि कस्मिर छोड्न भनिएको छ। भारतका अलराउन्डर इरफान पठान कस्मिरमा थिए। उनीसहित क्याम्पमा रहेका १०० जना क्रिकेटर पनि कस्मिर छोड्दैछन्। कस्मिरमा पछिल्ला केही दिनयता हजारौं सुरक्षाकर्मी थपिएको छ। के हुन लागेको भन्ने अनिश्चितता यति छ कि स्थानीय मानिसहरू दैनिक उपभोग्य सामानको भण्डारण गर्न लागेका छन्। अब एक दुई महिना कस्मिर बन्द हुन्छ भन्ने ठानेर उनीहरू गाडीमा मात्र होइन प्लास्टिकका बोतलमा पनि पेट्रोल भरेर राखिरहेका छन्। किराना पसलदेखि एटिएम कार्डमा लाइन लागेको छ। प्रतिपक्षी भारतीय कंग्रेसका स्थानीय नेता गुलाम अलि आजादले बिबिसी हिन्दीसँग कुरा गर्दै अहिले अवस्थाले कार्गिल युद्धको याद दिलाएको बताएका छन्। तर यो सब किन भइरहेको छ भन्नेबारे न त स्थानीय सरकारले जानकारी दिएको छ न त नयाँदिल्लीको केन्द्र सरकार नै बोलेको छ।

भारतीय सञ्चारमाध्यमहरूमा आएका समाचारहरूले पछिल्लो समय भारत-पाकिस्तान सीमामा गोली हानाहान भएको बुझिन्छ। आइतबार भारतीय सेनाले सीमानामा मारिएका पाँचदेखि सात जनाको शव लैजान पाकिस्तानलाई भनेको समाचार आएको छ। भारतीय व्याख्याअनुसार कस्मिरको केरन क्षेत्रमा पाकिस्तानी बोर्डर एक्सन टिमले आक्रमण गर्न लागेका थिए। भारतले जवाफी कारबाही गर्दा उनीहरू मारिए। उनीहरूको शव अहिले भारततिर भएकाले सेतो झन्डा देखाउँदै आएर शव लैजान भनिएको समाचारमा उल्लेख छ। समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले जुलाई ३१ तारिखको राति उक्त कारबाही भएको जनाएको छ। पाकिस्तानले भने भारतीय पक्षको ब्याख्यालाई खण्डन गरेको छ। पाकिस्ती सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल (एलओसी) पार गरेको र केही शव भारतमा रहेको भन्नु भारतीय प्रोपोगान्डा भएको बताएका छन्। पाकिस्तानी सेनाले भारतीय पक्षले जुलाई ३०र ३१ तारिखमा एलओसी पारि आजाद कस्मिरको निलुम उपत्यकामा गोलाबारी गरेको आरोप लगाएको छ। भारतको उक्त गोलाबारीमा एक जना चार वर्षीय बालकसहित २ जनाको मृत्यु भएको र ११ जना नागरिक घाइते भएको पाकिस्तानी सेनाको दाबी छ। झन्डै छ महिनाअघि कस्मिरमा भारत र पाकिस्तानबीच तनाव बढेको थियो। फेब्रुअरी १४ मा पाकिस्तानको आतंकवादी समूह जैस-ए-मोहम्मदले पुलवामामा आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी ४० भारतीय सैनिकको ज्यान गएको थियो। त्यसपछि भारतले पाकिस्तानो बालाकोटमा हवाइ हमला गरेको थियो। आणविक राष्ट्रहरू भारत र पाकिस्तानबीच कस्मिरबारे ७ दशक लामो विवाद जारी छ। यी दुई देशले दुई पटक युद्ध गरिसकेका छन्। कस्मिर विवादबारे पाकिस्तानले निरन्तर रूपमा अन्तर्राष्ट्रिय सहयोगको माग उठाइरहेको छ। यो मुद्दा समाधानका लागि अन्तर्राष्ट्रिय मध्यस्थता हुनुपर्ने पाकिस्तानको भनाइ छ। भारतले भने कस्मिर मुद्दा भारत-पाक मुद्दा भएकाले तेस्रो पक्षको संलग्नता अस्वीकार गर्दै आएको छ। अघिल्लो महिना भएको इमरानको अमेरिका भ्रमणका क्रममा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कस्मिरबारे मध्यस्थता गर्न तयार रहेको बताएको जानकारी दिएका थिए।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply