एमबाप्पेले नेयमारलाई ग्रुप फोटो खिच्नलाग्दा बाहिर धकेलेकाे भिडियो भाइरल (भिडियो सहित)

अहिले नेयमार र पिएसजीविच ठुलै विवाद चुलिएको छ । २०१७ मा बार्सिलोना छोडेर फ्रेन्च क्लब पीएसजी पुगेका नेयमार क्लब छोड्ने मनसायमा रहनु तर क्लबले उनलाई छोड्ने धारणा नदेखाउँदा विवाद चुलिएको हो ।

टोलीको प्रशिक्षणमा सहभागी भएता पनि नेयमारले हिजो भएको ट्रफि डेस च्याम्पियनको खेल भने खेलेनन् । उपाधि जितेको पीएसजीले मेडल सहित ग्रुफ फोटो खिच्ने क्रममा नेयमारलाई एमबाप्पेले टोलीबाट बाहिर पठाएको भिडियो बाहिरिएको छ । जसले अब झन उग्र रूपमा नेयमारलाई क्लब छोड्न बाध्य तुल्याउने समेत अनुमान गरिएको छ ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।