यौ*नसम्पर्क गर्नेवित्तिकै किन पुरुषलाई लाग्छ निन्द्रा ?

एजेन्सी । महिला र पुरुषबीच यौ*नसम्पर्क भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ । यौ*नसम्बन्ध राख्नेवित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् । तर, के वास्तवमै यौ*नसम्पर्क राख्नेवित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौ*नसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ? सामान्यतयाः रातको समयमा यौ*नसम्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । यौ*नसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, यौ*नसम्बन्ध प्राकृतिक प्रक्रिया हो । यौ*नसम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु यौ*नसम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् । पुरुष अग्रानिज्म भने यौ*नसम्बन्धपछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै यौ*नसम्पर्कको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउने विभिन्न अनुसन्धानमा उल्लेख छ ।

रसुवाको पानी मंसिरपछि खाडी मुलुकमा पठाइने नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा न ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए। अध्यक्ष भण्डारीले जर्मन प्रविधि र अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटेड बोटलिङ भई पानीको उत्पादन कार्य भैरहेको बताए। उनका अनुसार कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखेको छ। नेपाली बजारमा तुरुन्त र खाडी मुलुकहरूमा मंसिरपछि (आउँदो डिसेम्बरसम्म)मा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताए। कार्यक्रममा मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताइन्। उनले हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरिन्। ‘हाम्रो पानी प्राकृतिक रूपमा खान योग्य छ । अरु देशको भन्दा स्वच्छ र सफा छ’ उनले भनिन् ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौं । यसको लागि नेपाल सरकार सहयोग गर्न तयार छ।’ नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा ब्यापार घाटा निकै बढिरहेको बेला पानी मात्र निर्यात गर्न सक्यौं भने देशलाई फाइदा पुग्ने बताए। उनले नेपालको पानी सिङगापुर, दुबई, कतार, अमेरिका र युरोपमा निर्यात गर्न सकियो भने राम्रो लाभ मिल्ने बताए। नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अब आर्थिक समृद्धि बढाउन र व्यापार घाटा कम गर्न पानीको निर्यात नै एकदम उपयुक्त हुने बताए। कम्पनीले वरिष्ठ कलाकार हरिवश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply