दुई सय जनासँग डेटिङ, भनेजस्तो नपाएपछि कुकुरसँग विवाह

काठमाडौं। विवाह गर्नु समान्य कुरा हो। प्रत्येक मानिसको कुनै न कुनै दिन विवाह हुन्छ नै। तर यतिबेला बेलायत गरिएको एउटा विवाहले सबैको ध्यान केन्द्रित गरेको छ। ४९ वर्षीया पूर्व स्विमशुट मोडल एलिजाबेथले करिव २०० जनासँग डेट गरेपछि अन्मिमा कुकुरसँग विवाह गरेकी छन्। अझ रमाइलो त के भने यो अनौठो विवाहको एउटा टेलिभिजन च्यानलले प्रत्यक्ष प्रशारण गरेको थियो। विवाहपछि एजिजाबेथ र उनको ६ वर्षको कुकुर हनिमुन मनाउन जाने तयारी गरिरहेका छन्। हनिमुनका लागि उनले डग फ्रेण्डी होटल बुकिङ गरेकी छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मोडल एलिजाबेथले २०० भन्दा धेरै युवकसँग डेट गरेकी थिइन्। तर उनले आफूलाई मन पर्ने जीवनसाथी नपाएपछि कुकुरसँग विवाह गरेकी हुन्। यी मोडलको २५ वर्षका एक जना छोरासमेत छन्। एलिजाबेथले कुकुरसँग विवाह गर्नुको कारण इंगेजमेन्टपछि सम्बन्ध टुट्नु हो। उनले दुई पटक विवाह गर्ने कोशिश गरेकी थिइन्। तर उनको त्यो प्रयाश सफल भएन। कुनै न कुनै कारणले उनको इंगेजमेन्टपछि विवाह भाँडिन्थ्यो। केही गर्दा पनि विवाह सफल नभएपछि उनले कुकुरसँग विवाह गरेकी हुन्। उनले अब आफूलाई विवाहका लागि कुनै मानिस आवश्यक नभएको बताइन्। उनले आफ्नो बाँकी जीवन कुकुरसँगै बिताउने बताएकी छन्।

रसुवाको पानी मंसिरपछि खाडी मुलुकमा पठाइने नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा न ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए। अध्यक्ष भण्डारीले जर्मन प्रविधि र अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटेड बोटलिङ भई पानीको उत्पादन कार्य भैरहेको बताए। उनका अनुसार कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखेको छ। नेपाली बजारमा तुरुन्त र खाडी मुलुकहरूमा मंसिरपछि (आउँदो डिसेम्बरसम्म)मा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताए। कार्यक्रममा मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताइन्। उनले हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरिन्। ‘हाम्रो पानी प्राकृतिक रूपमा खान योग्य छ । अरु देशको भन्दा स्वच्छ र सफा छ’ उनले भनिन् ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौं । यसको लागि नेपाल सरकार सहयोग गर्न तयार छ।’ नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा ब्यापार घाटा निकै बढिरहेको बेला पानी मात्र निर्यात गर्न सक्यौं भने देशलाई फाइदा पुग्ने बताए। उनले नेपालको पानी सिङगापुर, दुबई, कतार, अमेरिका र युरोपमा निर्यात गर्न सकियो भने राम्रो लाभ मिल्ने बताए। नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अब आर्थिक समृद्धि बढाउन र व्यापार घाटा कम गर्न पानीको निर्यात नै एकदम उपयुक्त हुने बताए। कम्पनीले वरिष्ठ कलाकार हरिवश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply