प्रतिबन्धित लागु अौषत सवन गरेको पुष्टी भएपछि यी खेलाडीलाई ८ महिना क्रिकेट खेल्न प्रतिबन्ध

भारतीय क्रिकेटर पृथ्वी शालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ८ महिनाका लागि निलम्बित गरेको छ। पृथ्वी डोपिङ टेस्टमा दोषी पाइएपछि निलम्बनमा परेका हुन्। बीसीसीआईले विज्ञप्ति जारी गर्दै युवा ब्याट्म्यान पृथ्वीले प्रतिबन्धित पदार्थ सेवन गरेको जनाएको छ। उनले २२ फेब्रअरी २०१९ मा एन्टी डोपिङ जाँचका लागि मुत्र दिएका थिए। जसमा टर्बुटाइलाइन भेटिएको बताइएको छ। जुन प्रतिबन्धित पदार्थ हो। पृथ्वीले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन्। तर उक्त पदार्थ जानिबुझी नखाएको उनले बीसीसीआइलाई बताएका थिए। उनले आफूलाई खोकी लागेकाले उक्त पदार्थ सेवन गरेको स्पष्टिकरण दिएका छन्। पृथ्वीमाथिको प्रतिबन्ध १६ मार्चदेखि सुरु भइसकेको छ। यसको म्याद १५ नोभेम्बर २०१९ मा सकिनेछ। पृग्वीले औषधी सेवन गरेको स्विकार गर्दै भूलवस खाएको बताएको बीसीसीआईले जनाएको छ। भारतीय राष्ट्रिय टिमबाट टेस्टमा डेब्यू गरिसकेका पृग्वी कम उमेरमा शतक प्रहार गर्ने सचिन तेन्दुलरपछि दोस्रा कान्छा खेलाडी हुन्।

आइफा’ स्थगितपछि ‘नेफा’ घोषणा
‘इण्डियन इन्टरनेशनल फिल्म अवार्ड’ (आइफा’ नेपालमा आयोजना हुने खबरले एकपटक नेपाली मिडिया रंगिएको थियो । तर, आईफामा लाग्ने लागतबारे विवाद भएपछि नेपाल सरकारले रद्द गरेको थियो । ‘आइफा’ आयोजना गर्दा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले नै बेहोर्ने जनाएपछि जनमानसबाटै त्यसको विरोध आएको थियो । कडा विरोधपछि अन्ततः आइफा नेपालमा नहुने निश्चित भएको थियो । तर, यहाँ ‘आइफा’ नभएपनि ‘नेफा’ हुने भएको छ ।
अवार्डहरुको भीडमा अब ‘नेफा’ अर्थात ‘नेपाल फिल्म अवार्ड’ हुने भएको छ । यहाँ अवार्डको संख्या गन्ती गर्ने हो भने कलाकारभन्दा धेरै हुन सक्छ । तर यसका बाबजुद (नेफा) घोषणा गरिएको छ । यो अवार्डलाई अरुभन्दा भिन्न र भव्य बनाउने आयोजक टिमको भनाइ छ । आयोजकको भनाइअनुसार ‘नेफा’लाई ‘आइफा’जस्तै पपुलर बनाइनेछ । आयोजकमध्ये रंग पत्रकार समीर बलामीले प्रेषित गरेको सामग्रीका अनुसार नेपाली फिल्म क्षेत्रको सबैभन्दा सर्वश्रेष्ठ अवार्डको रुपमा ‘नेफा’ आयोजना हुनेछ । यो अवार्ड दशैँपछि हुने पनि बताइएको छ । यस अवार्डमा लागि बलामी फिल्म इनटरटेन्मेन्ट र नेफा मिडिया गु्रप संलग्न छन् । जसलाई आयोजक टिममा राखिएको छ । साथै, ‘नेफा’का लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने बताइएको छ । अवार्डका लागि झण्डै २ करोड खर्च हुने अनमान गरिएको छ । आयोजक संस्थाका अध्यक्ष समीर बलामीका अनुसार ‘नेफा’ आयोजकले प्रस्तुत गरेको कार्यविधिमा अवार्ड प्रतिक्षित रहेको छ । अवार्डले समग्र नेपाली फिल्मकर्मी र दर्शकप्रति सम्मान जनाउने बताइएको छ । नेपाली कला, संस्कृतिलाई मौलिकरुपमा प्रस्तुत गर्दै नेपाली फिल्मको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई मूख्य उद्देश्य बनाएर ‘नेफा’ आयोजना गर्न लागिएको जनाइएको छ । यस अवार्डका लागि विभिन्न २१ जना फिल्म पत्रकारको समूहले मोडल तयार गरेको जनाइएको छ ।
स्वदेश र विदेशमा आवश्यकता र समयानुकुल यो अवार्ड आयोजना हुने पनि जनाइएको छ । स्वदेशमा यो अवार्ड संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला संघ संस्थाको समन्वयमा विभिन्न प्रदेशमा आयोजना गरिने आयोजकले जनाएको छ । ‘नेफा’ पनि अरु अवार्ड भन्दा केही फरक छैन । आयोजकले जनाएअनुसार नेपाली फिल्मप्रति समर्पित एक स्रष्टा, सर्जक वा फिल्मकर्मीलाई ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । यो हरेक अवार्डको संस्कार नै हो । ‘लाईफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान नगरिने यहाँ अवार्ड नै छैन । त्यस्तै, ट्रफीमा ‘कम्तीमा ३५ तोलादेखि र बढीमा ५० तोलासम्म चाँदी समावेश भएको हुनेछ’ भनिएको छ । यो पक्कै खुसीको कुरा हो । ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’मा एक तोला सुन र नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ राखिएको बताइएको छ । यस अवार्डमा एउटा उत्कृष्ट फिल्म बन्नका लागि नभई नहुने विधा र नेपाली दर्शकसँग प्रत्यक्ष परिचित हुने विधामात्र समावेश गरिने आयोजकले जनाएको छ । जस्तै, पपुलर अवार्डतर्फ फिल्म, एक्टर, एक्ट्रेस, सिंगर मेल र सिंगर फिमेल रहेका छन् ।
यस्तै बेष्ट अवार्डतर्फ फिल्म, डिरेक्टर, एक्टर, एक्ट्रेस, डेब्यु डिरेक्टर, डेब्यु एक्टर, डेब्यु एक्ट्रेस, सपोर्टिङ क्यारेक्टर, एडिटर, साउण्ड डिजाईन, स्क्रिनप्ले, सिनेमाटोग्राफर, कम्पोजर र आदिवासीजनजाति फिल्म रहने बताइएको छ ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply