दशरथ रंगशालाको पुनर्निर्माण पनि गर्न सकेन नेपालले,विश्वकप छनोटका खेल घरेलु मैदानमा नखेल्ने

मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । यसो गर्दा कुवेतलाई फाइदा हुनेछ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछ । अहिले नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा अघि अवे खेलको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गरेको छ । एएफसीले हालै सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले भदौ १९ मा कुवेतसँग र २४ मा चाइनिज ताइपेईसँग आफ्नै घरेलु मैदानमा खेल्नुपर्छ । तर दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले दुबै खेललाई अवेमा रुपान्तरण गर्न आग्रह गर्ने एन्फाको निर्णय छ । त्यसपछि अष्ट्रेलियासँग उसकै घरेलु मैदानमा २३ असोजमा खेल्नुपर्नेछ । २८ असोजमा हुने जोर्डनसँग होम खेल खेल्नु पर्ने हो । यसलाई अवेमा रुपान्तरण गर्न आग्रह गरिएको छ । मंसिर ३ मा कुवेतसँग अर्को खेल छ । १९ भदौको होमलाई अवेमा रुपान्तरण गर्दा यो खेल नेपालमा हुनुपर्ने हो । तर त्यसबेलासम्म पनि रंगशाला तयार नहुने भएकाले यो खेल पनि कुवेतमा नै हुनेछ । विश्वकप छनोटमा नेपालले कुवेतसँगको दुबै खेल उसकै घरेलु मैदानमा खेल्नेछ । यसपछिका तीन खेल भने नेपालमा हुनेछ । एसीसीको तालिकाअनुसार नेपालले १३ चैतमा चाइनिज ताइपेईसँग खेल्नेछ ।
१८ चैतमा अष्ट्रेलियाले नेपालसँग काठमाडौंमा खेल्नेछ भने २२ जेठमा जोर्डनसँग होम म्याच खेल्नेछ ।
रोनाल्डिल्होका ५७ थरी सम्पत्ति जफत !
कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका भूतपूर्व फुटबल स्टार रोनाल्डिल्होका ५७ वटा सम्पत्ति जफत गरिएको समाचार एउटा स्थानीय अखबारले प्रकाशित गरेको छ । उनको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको समाचारमा उल्लेख छ । दुईपटक वर्ल्ड प्लेयर अफ द इयर बनेका रोनान्डीन्होलाई पोर्टो अलेग्रेस्थित आफ्नो लेक हाउसमा अवैध संरचना बनाएको भन्दै २० लाख ६० हजार पाउन्ड जरिवाना गरिएको थियो । यसका अतिरिक्त उनलाई १६ लाख ९० हजार पाउन्ड ऋण दिएको भन्दै ऋणदाताहरुले पछ्याइरहेका छन् । पोटो एलेग्रेका एक न्यायधीशले अदालती गोपनियताका कारण यो समाचारलाई पुष्टि वा खण्डन गर्न चाहेनन् । रोनाल्डिन्हो सन् २००४ र २००५ मा प्लेयर अफ द इयर भएका थिए । उनले लामो समय बार्सिलोनाबाट क्लब फुटबल खेले । सन् २००२ को विश्वविजेता ब्राजिलियन टिममा उनी पनि थिए । रोनाल्डोको खुद सम्पत्ति ८ करोड देखि १० करोड पाउन्डसम्म भएको अनुमान गरिएको छ । उनले आफ्नो एउटा इन्टाग्राम पोष्टबाट मात्रै एक लाख ५० हजार रुपैयाँ पाउने गरेको बताइन्छ ।तर, केही सञ्चारमाध्यमले भने रोनाल्डिन्हो आर्थिक समस्यामा रहेको समाचार प्रकाशित गरेका छन् ।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply