फेरी कैलालीमा छोराले चि र्पटले हा न्दा बाबुको मृ त्यु

गोदावरी नगरपालिका-५ बर्बाटामा छोराले बुवाको ह त्या गरेका छन् । आइतबार राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए । छोराको आ क्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बाबुको ह त्या गरी फरार भएका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको छ । उनलाई सोही नगरपालिकाको वडानम्बर १ को हाटबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केही दिनअघि पनि कैलालीकोे घोडाघोडी नगरपालिकामा घरायसी विबाद हुँदा उदे रावतले बुवाको ह त्या गरेको थिए भने आमालाई गम्भीर घाइते बनाएका थिए ।

पुस्तक नबिकेको कोकोहोलो : बजार साँच्चै घटेको कि दशैं बजार तताउने रणनीति ?
एक दशकअघिसम्म साहित्यिक गतिविधि गर्नु, पुस्तक प्रकाशन गर्नु र पाठकसँग भेटघाट गर्नु नितान्त व्यक्तिगत सोखका कुरा थिए । अपवाद बाहेक पुस्तक कर्म बुद्धि विलासका साधन मानिन्थ्यो । साहित्यका विषय पाठ्यपुस्तकका सामाग्रीमा सीमित थिए । पुस्तक लेखन पनि व्यवसायिक हुन्छ, लेखकहरु रोयल्टी लिएरै बाँच्न सक्छन् भन्ने कुरा कल्पना बाहिर थियो । लेखक समाजका सेलिब्रेटी हुन् भन्ने चेतना सञ्चार माध्यममा आइसकेको थिएन । ठूला साहित्यकारभन्दा कि मृत्यु भैसकेका कि त बृद्ध भैसकेका केही दुःखी अनुहारहरुको सम्झना हुन्थ्यो । पाठकहरुले पुस्तक किन्न थालेको त्यो बेला मात्र थाहा भयो, जब करोडौंको लगानीमा प्रकाशन गृहहरु स्थापना भए । प्रकाशन गृहकै आग्रहमा ‘कर्णाली ब्लुज’का श्रष्टा बुद्धिसागरले नागरिक दैनिकको जागिर त्यागे । ‘पानीको घाम’का लेखक अमर न्यौपानेले शिक्षण पेसा हापे । ‘लू’ का लेखक नयनराज पाण्डेले सिनेमा लेखनबाट सन्यास लिए । कृष्ण धरावासीले अवधि नपुग्दै कृषि विकास बैंकको जागिरबाट अवकाश लिए । कुमार नगरकोटीले फुलटाइम लेखक भएको घोषणा गरे । धेरै पत्रकारहरुले सञ्चार संस्थाको जागिर छाडेर विशिष्ट व्यक्तिको आत्मकथा लेखनमा सहायकको काम गर्न थाले । पत्रपत्रिकाहरुमा पुस्तकहरुको ठूला आकारका विज्ञापन छापिन थाले । पहिले पुस्तकको ब्यापारका कारण समय निकाल्न नसकेका प्रकाशन गृहहरु अहिले फेसबुक र ट्विटरमा बसेर पाठक बढाउने उपायमा लागेका छन् । कतिपयले सरकारको नीतिका कारण पुस्तक बजार ओरालो लागेको भन्दै सरकार विरुद्ध संघर्ष छेडेका छन्त्य सपछि नै हो, सञ्चार माध्यमको ध्यान लेखकहरुका गतिविधितर्फ आकृष्ट हुन थालेको । यहिबेलादेखि सबैजसो राष्ट्रिय दैनिकहरुले पुस्तक बजारको आकार बढेको रिपोर्ट छाप्न थालेका हुन् । कतिसम्म भने पत्रिकाहरुमा लेखक र उनीहरुका कृतिका ठूला ठूला आकारका तस्विर पनि छापिन थाले । त्यति मात्र होइन, लेखकलाई सिनेमा र संगीतपछिका सेलिब्रेटीका रुपमा कला पृष्ठमा पनि स्थान दिन थालियो । लेखकले बोलेका मात्र होइन, फेसबुक र ट्विटरमा पोस्ट गरेका कुरा पनि समाचारका विषय बन्न थाले । लेखकहरुका विवाह, पारिवारिक विघटन आदिका कथाहरु पनि सञ्चार माध्यमका खुराक बन्न थाले । त्यसअघि पनि लेखकहरु समाचारमा नआउने होइनन् । तर, त्यस्तो सौभाग्य उनीहरुलाई मृत्युका बेला मात्र जुर्थ्यो । कतिपय लेखकको नाम उनीहरुको पुस्तक प्रकाशन भएको दिन विशिष्ट व्यक्तिले विमोचन गरेको समाचारहरुमा छापिन्थ्योे । एकाध पुस्तक समीक्षा आउँथे । तर, ती पत्रिकाका पाना भर्नमा सीमित थिए । यो रौनक एक दशकपछि पुनः सेलाएको अनुभव गर्न थालिएको छ । पाठकहरुले सेलिब्रेटी भनिएका लेखकहरुको उपस्थितिलाई अस्वीकार गर्न थालेको पुस्तक विक्रीको ओरालो यात्राले बयान गर्न थालिएको छ । पूर्णकालीन लेखकका रुपमा नाम कमाएका श्रष्टाहरु नै भन्न थालेका छन्, ‘हामी संक्रमणकालीन अवस्थामा छौं । पहिले जस्तो रोयल्टीले नै बाँच्छु भन्न सकिने अवस्था हराएको छ ।’लेखकहरु मात्र होइन, यतिबेला प्रकाशकहरुको अनुहार पनि मलिन देखिन थालेका छन् ।

पहिले पुस्तकको ब्यापारका कारण समय निकाल्न नसकेका प्रकाशन गृहहरु अहिले फेसबुक र ट्विटरमा बसेर पाठक बढाउने उपायमा लागेका छन् । कतिपयले सरकारको नीतिका कारण पुस्तक बजार ओरालो लागेको भन्दै सरकार विरुद्ध संघर्ष छेडेका छन् ।‘पहिले अलिकति नाम चलेका लेखकका पुस्तक प्रकाशन भएको पहिलो महिना कम्तिमा ५ हजार बिक्री हुन्थ्यो । त्योबेला एउटै लेखकका ५० हजार प्रतिसम्म पुस्तक विक्री भएका रेकर्ड थिए ।’ बुकहिलका प्रकाशक भूपेन्द्र खड्का भन्छन् ‘अहिले त्यो रफ्तार घटेर ५ सयमा सीमित हुन थालेको छ । जो पनि लेखक हुने र जस्तो लेखे पनि पुस्तक हो भन्ने दावी गर्ने प्रवृत्तिप्रति पाठकको ठूलो गुनासो देखिन्छ । यस्तै अनुभव फाइन प्रिन्टका सञ्चालक अतिज बरालको पनि छ । ‘एक वर्षअघिदेखि नै पुस्तक विक्रीमा कमि आउन थालेको थियो । तर यसलाई हामीले समान्य रुपमा लियौं । अहिले त स्पष्ट देखिने गरी नै विक्री घटेको छ’ बराल भन्छन्, ‘पहिले फुर्सदको समय पुस्तकलाई दिइन्थ्यो । अहिले त्यो सामाजिक सञ्जालले लिन थालेको हो कि भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष छ ।’‘पुस्तक भन्नाले हामीले नेपाली भाषामा छापिएका पुस्तकलाई मात्र लियौं । त्यसो होइन । हामीले विदेशबाट आएका गम्भीर र बेस्ट सेलर पुस्तकलाई पनि लिनुपर्छ र यी पुस्तकहरु पनि पाठकले पढ्न छाडेका छन्’ अध्येता केदारभक्त माथेमा भन्छन्, ‘नेपालमा भर्खर पठन कला सुरु भएको थियो । यस्तो अवसरलाई सरकारले छोपेर ब्यापकरुपमा सदुपयोग गर्नुपर्दथ्यो । तर उल्टै पुस्तकमा कर लगायो । यो गम्भीर चिन्ताको विषय हो ।’नेपाल सरकारले पुस्तक र साहित्य अध्ययनलाई सिनेमा, संगीत र कला जस्ता मनोरञ्जनको क्षेत्रमा राखेको बुझिन्छ । यही कारण सरकारको संरक्षण नीतिभित्र पुस्तक र साहित्य नपरेको अर्का अभियन्ता यादव खरेलको बुझाइ छ । ‘विदेशमा अध्ययनलाई सरकारले शिक्षाकै एक अङ्गका रुपमा लिएको छ । यसको उदाहरण खोज्दा युरोप, अमेरिकाका सिटी लाइब्रेरीहरुलाई हेरे हुन्छ । सरकारले जनताले अलिकति फुर्सद पाउने वित्तिकै सहरका मुख्य ठाउँमा राखिएका लाइब्रेरीभित्र छिरुन् र दुई अक्षर भए पनि पढून् भन्ने चाहना राखेको हुन्छ, जुन नेपाल सरकारले अहिलेसम्म कल्पना गरेको छैन ।’ माथेमाले पटक पटक सरकारका पदाधिकारी र काठमाडौं महानगरकाका मेयर विद्यासुन्दर शाक्यलाई सिटी लाइब्रेरी निर्माण गर्न आग्रह गरेको सम्झिए । सरकारले पठक संस्कृतिमाथि धावा बोलेको अनुभव नागरिक समाजको छ । पुस्तकमा १० प्रतिशत कर निर्धारण गरेपछि सरकारको नियत स्पष्ट भएको नागरिक समाजका अगुवाहरुको दावी गरे ।यो विषयलाई लिएर नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको पत्रमा भनिएको छ- नेपाली जनताको चेतना र स्वतान्त्रका लागि लामो अवधि जेल बसेर पढ्न नपाउनु भएको व्यक्ति आज प्रधानमन्त्री हुँदा नेपाली जनताले शिक्षाको महत्वप्ाूर्ण अङ्गका रुपमा रहेको पुस्तकमा कर लगाउने जस्तो विडम्बनायुक्त काम गर्नुभएकोमा हामी अत्यन्तै दुःखी छौं ।दुई पृष्ठ लामो उक्त पत्रमा केदारभक्त माथेमासहित सुरेशराज शर्मा, दमननाथ ढुंगाना, हिमालय शमशेर राणा, विरेन्द्रप्रसाद मिश्र, केदारलाल श्रेष्ठ, शेखर गुरुङ, त्रिरत्न मानन्धर, यादव खरेल, अमृत गुरुङ, हरि शर्मा, डा. अर्जुन कार्की, सुनिति श्रेष्ठ, विद्याधर मल्लिक, डिल्लिदेवी शाक्य, विद्याधर मल्लिक, राजेन्द्र दाहाल लोकराज बराल, अभि सुवेदी, भोजराज पोखरेल, अमृत गुरुङ् र करिष्मा मानन्धरको हस्ताक्षर छ ।‘हामीले प्रधानमन्त्रीसँग भेटेरै उक्त पत्र दिने योजना बनाएका थियौं । समय लिएर सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा समेत पुग्यौं, तर प्रधानमन्त्रीले समय दिन सक्नुभएन ।’ माथेमा भन्छन्, ‘प्रधानमन्त्रीको व्यस्तता हामीले बुझेका छौं । त्यहि भएर सिलबन्दीरुपमा पत्र प्रधानमन्त्रीको हात पर्ने गरि पठाएका छौं । आशा गरौं, प्रधानमन्त्रीले हामीलाई बोलाउनु हुनेछ र हामी शिक्षाको महत्व बारे उहाँलाई बुझाउन सफल हुनेछौं ।’माथेमाले प्रधानमन्त्रीले यस विषयमा समय दिन सक्नु भएन भने पत्रकार सम्मेलन गरेर उक्त पत्र सार्वजनिक गर्ने योजना भएको समेत बताए ।पठन संस्कृतिलाई सामाजिक सञ्जालले निलेकोमा केदारभक्त माथेमा पनि दुःखी छन् । अझ पुस्तक पढ्ने उमेरका बालबालिकाहरु युटुबमा अल्झिन थालेपछि आगामी पुस्ताको सोच्ने शक्ति कमजोर हुने उनको आँकलन छ ।

नेपालमा पढ्ने संस्कार कहिल्यै थिएन गएको एक दशक पठन संस्कृति बढ्नुलाई कतिपयले भुलुक्क उम्लिएको दुध ठानेका छन् । ‘अध्ययनशील हुने, चिन्तन गर्ने, नयाँ खोज गर्ने नेपालीहरुको चरित्र होइन ।’ समाजशास्त्री विनायक पाण्डे भन्छन्, ‘हामी त लाहुर जाने, पैसा कमाउने र विलासी सामग्री खरिद गर्ने मानसिकताका मान्छे हौं ।’ उनका अनुसार नेपालीहरु पहिलो विश्वयुद्धदेखि नै विदेशका मानिसहरुको चालचलन बुझ्ने तेस्रो विश्वका भाग्यमानी मानिसमध्ये पर्दछन् । नेपालीहरुले त्यहाँको ज्ञान, सिप र संस्कारलाई लिने भन्दा पनि पैसा कमाउने र रमाइलो गर्ने संस्कारमा आफूलाई राखे, जुन चलन अहिले पनि कायम छ । नेपालीहरुले विदेशीले गरेको अध्ययन र अनुसन्धान जस्ता गहिरा कुरा भने सिक्नै नचाहेको पाण्डेको मुल्यांकन छ । यो कुरा नेपाल घुम्न आएका र केही समय नेपाल बसेका विदेशी लेखकहरुले पनि अनुभव गरेका छन् । माइक्रोसफ्ट कम्पनीका उपल्लो स्तरका कर्मचारी जोन उड नेपालका दुर्गम जिल्लाहरुका विद्यालयको अवस्था देखेर चिन्तित भएका थिए । उनी कतिसम्म चिन्तित भए भने चीनको माइक्रोसफ्ट कम्पनीको प्रमुख भएकै अवस्थामा जागीर छाडेर नेपालका विद्यालयहरुमा लाइब्रेरी खोल्ने अभियान चलाए । रुम टु रिडमार्फत उनले बालबालिकाका लागि आकर्षक पुस्तकहरु पनि निकाले । आफ्नो शिक्षा अभियानका विषयमा लेखिएको पुस्तक ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’मा उनले भनेक छन्, ‘नेपाली बालबालिकाले ज्ञानगुनले भरिएका आकर्षक पुस्तकहरु पढ्न नपाएसम्म नेपालको भविष्य सुध्रन्छ भन्नेमा मलाई विश्वास छैन ।’ सन् १८७० मा प्रकाशित ड्यानियल राइटको ‘हिस्ट्री अफ नेपाल’मा पनि नेपालमा अध्ययन गर्ने परिपाटी पटक्कै नभएको कुरा लेखिएको छ । नेपालस्थित बेलायती दूतावासमा कार्यरत राइटले लेखेका छन्- नेपालका सम्पन्न घरका मानिस कसरी समय बिताउँछन् भन्ने कुरामा मलाई आश्चर्य लाग्छ । मेरो सम्पर्क भएका घरहरुका कुनै पनि कोठामा मैले पुस्तकालय देखिन । न त पुस्तकको कुरा नै कसैले गरे ।’ एक दशक देखि बढिरहेको पठन संस्कृति विस्तारै हराउनुमा धेरैजसोले सामाजिक सञ्जाललाई महत्व दिने नेपाली परिपाटीलाई दोष दिएका छन् । ‘पुस्तक पढ्नु भनेको सबै काम सकेर बाँकी रहेको समयको सदुपयोग गर्नु हो । किनभने हाम्रो महत्वपूर्ण समय पेट पाल्ने काममै खर्च हुन्छ’ प्रकाशक अजित बराल भन्छन्, ‘फुर्सदको दुई चार घन्टा पनि सामाजिक सञ्जालले लिएपछि पुस्तक पढ्ने समय घटेको हो ।’ बरालको भनाइसँग धेरैजसो पुस्तक विक्रेताहरु सहमत छन् । धेरै पाठकहरुले नाम चलेका पुस्तक किनेर घर लगेपनि पढिदिएनन् । पुस्तक पढ्नुभन्दा सामाजिक सञ्जालमा रमाउनु र युटुबमा हलुका सामग्री हेर्नमै धेरैको समय व्यथित भएको धेरैको बुझाई छ । पठन संस्कृतिलाई सामाजिक सञ्जालले निलेकोमा केदारभक्त माथेमा पनि दुःखी छन् । अझ पुस्तक पढ्ने उमेरका बालबालिकाहरु युटुबमा अल्झिन थालेपछि आगामी पुस्ताको सोच्ने शक्ति कमजोर हुने उनको आँकलन छ । उनी भन्छन्, ‘पुस्तक पढ्नु भनेको कल्पनाशील बन्नु हो । यसले मानिसको कल्पना शक्तिलाई गहिरो बनाउँछ । सिनेमा हेर्दा हजारौं दर्शकले एउटै कुरा देख्छ, जसले गर्दा एउटा बस्तुलाई फरक तरिकाले कल्पना गर्ने र चिन्तन गर्ने शक्ति कमजोर हुन्छ । स्वभाविक रुपमा जसको कल्पनाशिलता कमजोर हुन्छ, त्यस्ता व्यक्तिले गम्भीर चिन्तन र नयाँ खोज गर्न सक्दैनन् ।’ उदाहरणका रुपमा उनले विश्व प्रशिद्ध कम्पनीका सन्तानलाई १३ वर्षसम्म मोवाइलजन्य सामग्री प्रयोग गर्न बन्देज लगाएको घटना सुनाए । ‘मैले हालै न्युकोर्क टाइम्सको एउटा रिपोर्ट पढेको थिएँ । जहाँ ठूला कम्पनीका मालिकहरुका सन्तानलाई समम बिताउन केही खेलौना र उमेर अनुसार प्रसस्त पुस्तक दिइदो रहेछ । १३ वर्षपछि मात्र उनीहरुले मोवाइलमा कुरा गर्न पाउँछन् । त्यसपछि मात्र सामाजिक सञ्जालमा पहुँच हुन्छ’ माथेमाले भने, ‘उनीहरुले मनोवैज्ञानिकहरुको सुझावका आधारमा यसो गरेका हुन् ।’ नेपालमा भने मोवाइल नखेलाइ बालबालिकाले खाना नै नखाने अवस्था आएकोमा माथेमा चिन्तित छन् । अधिकांश प्रकाशक र पुस्तक व्यवशायीहरुले पुस्तकको विक्री घटेको दावी गरे पनि सांग्रीला बुक्सका प्रकाशक मणि शर्मा भने पुस्तक विक्री घटेको दावीलाई अस्वीकार गर्छन् । यो हल्लामा पाठकको ध्यान आकृष्ट गरेर दशैंमा बढि पुस्तक बेच्ने योजना भएको उनको अनुमान छ । ‘केही सेलिब्रेटी भनिएका लेखकहरुको पुस्तक विक्री कम भएको हो । पुस्तकको नाममा जे पनि विक्री हुनुपर्छ भन्ने मुढाग्रहलाई पाठकले अस्वीकार गरेका हुन्’ शर्मा भन्छन्, ‘राम्रा पुस्तकको विक्री पटक्कै घटेको छैन, बरु बढिरहेको छ । केही प्रकाशकले बजारमा पुस्तक विक्री कम भएको हल्ला चलाएर पाठकको साहनुभूति बटुल्ने प्रपञ्च गरेका हुनसक्छन् ।’

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply