४ लाखको पहिरनमा रानी : ४५ हजारको टिसर्ट, डेढलाखको ब्याग !

मुम्बइ : बलिउड अभिनेत्री रानी मुखर्जी पछिल्लो साता आफ्नो महंगो टिसर्टका कारण सामाजिक सञ्जालमा चर्चित भएकी छन् । सामान्य टिसर्ट, पाइजामा र जुत्ता पहिरिएर एयरपोर्टमा झुल्किएकी रानीको उक्त पहिरनको तस्बिर समेत भाइरल बनाइएको छ । अनौठो त के भने, उनले लगाएको गुस्सी कम्पनीको टिसर्टको मुल्य ४५ हजार थियो । उनको शरीरमा देखिएका टिसर्ट, पाइजामा, जुत्तासहित सबै पहिरनको जम्मा मुल्य भने ४ लाख रहेको बताइएको छ । यही कारण उनको चर्चा भएको हो । यतिसम्म कि, टिसर्टको मात्रै मुल्य ४४ हजार ७ सय २३ परेको बताइन्छ । पाइजामाको झण्डै डेढलाख र जुत्ताको मुल्य ६१ हजार भन्दा बढी हो । यस्तै रानीले डेढलाख भन्दा धेरै मुल्यको ब्याग बोकेकी थिइन् । पछिल्लो समय रानी फिल्म हिचकीमा अभिनउ गरेकी छन् ।

साम्राज्ञीको देखाउने रहर केही सेलिब्रिटी हुन्छन्, जो सकभर आफ्नो सम्बन्ध दुनियाँको नजरबाट लुकाएर राख्न चाहन्छन्। तर, केही सेलिब्रिटी साम्राज्ञीराज्यलक्ष्मी शाहजस्ता पनि हुन्छन्, जो सकभर केही लुकाउनै नपरे हुन्थ्यो भन्छन्। उनीहरू प्रेमी मात्र होइन, प्रेमीसँगका एक–एक गतिविधि दुनियाँलाई देखाउँछन्। देखाउने चक्करमा कति देखाउने भन्ने चाहिँ ज्ञान हुन्न, अनि विवादमा पर्छन्। साम्राज्ञीका नयाँ प्रेमी देवांश राणासँगको बालीको समुन्द्रमा खिचिएको फोटोले अहिले यही दायरा पार गरेको चर्चा छ। सार्वजनिक फोटोमा साम्राज्ञीलाई प्रेमीले आपत्तिजनक ठाउँमा अँगालेका छन् र मुखमुद्रा पूरै कामुक छ। यी फोटा देवांशले आफ्नो इन्स्टा अकाउन्टबाट सार्वजनिक गरेका थिए। अघिल्लो वर्ष ‘कायरा’ रिलिजको समयमा पनि साम्राज्ञीको नितम्बको फोटो सार्वजनिक भएको थियो। नितम्बमा ट्याटू खोपेको बहादुरी देखाउन खोज्दा फोटो भाइरल भएको थियो। यतिबेला पनि साम्राज्ञी अभिनीत दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ रिलिजको सँघारमा छन्। ‘मारुनी’ भदौमा तीजको छेकोमा रिलिज हुँदै छ भने ‘रातो टीका निधारमा’ दशैँमा। फेसबुक, इन्स्टामै सबै कुरा देखाइदिएपछि दर्शक फिल्ममा के हेर्न आउँछन्?

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply