अत्यधिक गर्मीले सडक पग्लन सक्ने भन्दै बेलायतमा प्रहरीले घरै बस्न दियो चेतावनी

काठमाडौं – बेलायतमा बिहीवार अत्यधिक गर्मी हुने अपेक्षा गरिएको छ । सडकहरू पग्लन सक्ने भन्दै प्रहरीले मानिसहरूलाई घरैमा बस्न सचेत गराएको छ ।बिहान १० बजे नै लन्डनको तापक्रम ३२ डिग्री सेल्सियस थियो । गर्मीका कारण मानिसहरूलाई सुत्नै गाह्रो परेको थियो । अपराह्नमा झन् आर्द्रता बढेर तापक्रम ४३ डिग्री सेल्सियस पुग्ने अनुमान मौसमविद्हरूले गरेका छन् । रेलका ट्य्राकहरू धसिने अनि सडकहरू पग्लिने सम्भावना रहेकाले मानिसलाई घरै बस्न भनिएको छ । पौडी खेल्ने विषयमा पनि प्रहरीले चेतावनी जारी गरेको छ किनकि गर्मीका कारण पौडी खेल्न गएका तीन मानिसको डुबेर मृत्यु भएको छ भने एकजना हराइरहेका छन् । यातायात संगठनहरूलाई कडा गर्मीका कारण सडकहरू चकलेट पग्ले झैं पग्लिने सम्भावना रहेको चेतावनी दिइएको छ ।गर्मी धेर बढेपछि मानिसहरूले धमाधम पंखा किन्न थालेका छन् । पंखा कम्पनीहरूले बुधवार मिनेटको ६ वटा पंखा बिकिरहेको जनाएका छन् । एजेन्सी

मुस्ताङमा नागरिकताभन्दा राहदानी बनाउने दोब्बर मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नागरिकताभन्दा राहदानी बनाउने दोब्बर भएको हो आर्थिक वर्ष ०७५÷०७६ को असार मशान्तसम्म राहदानी सिफारिसकै लागि कुल ५ सय ७ जना कार्यालय धाए। जसमा २ सय ५४ जनाले जिल्लामै साधारण राहदानी पाए भने द्रूत राहदानीका लागि २ सय ५३ जनाले सिफारिस प्राप्त गरे।यस्तै, नयाँ नागरिकता बनाउने २ सय ८१ जना छन्।कार्यालय र घुम्ती गरी उक्त संख्याले नागरिकता पाएका हुन्। यसैवर्ष तिब्बतीयन शरणार्थी ५९ जनाले परिचयपत्र नविकरण गरे भने नागरिकता परित्याग गर्ने १ जना छन्।चालुवर्ष जिल्ला प्रशासनले ३३ लाख २७ हजार ३ सय ९८ रुपैयाँ संकलन गरेको छ।संघ संस्था नविकरण दर्ता , हातहतियार इजाजत तथा नविकरण, न्यायिक दस्तुर ,राहदानी र अन्यबाट उक्त राजश्व संकलन भएको प्रशासनले जनाएको छ।दैविप्रकोपमा परेका पीडित १ सय २३ घरधुरीलाई १० लाख ३९ हजार ९ सय राहत वितरण भयो।चालु वर्ष जुवातास र अभद्र व्यवहारका ७ मुद्धा परे। अघिल्लो वर्ष सरेको ३ अभद्र गरी १० वटै मुद्धा किनारा लागेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए। यसवर्ष १५ जनाले हातहतियार नविकरण गरेका छन्।

News Express24 Nepal

यो वेबसाइट अनलाइन न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply